News Portal

राष्ट्रपति र प्रधानमन्त्री जनताले चयन नगरेका हुन्: सांसद ज्ञानेन्द्र शाही

संगीता गुरुङ
२२० पटक

काठमाडौं, चैत ३ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले वर्तमान राजनीतिक व्यवस्था जनताको चाहनामा आधारित नभइ, केही सीमित नेताहरूको स्वार्थलाई समर्थन गर्ने आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहीले भने, “पछिल्ला १६ वर्षको अवधिमा यो व्यवस्था जनताको स्थिति सुधार्न सफल भएको छैन। यसले केवल केही नेताहरूलाई मात्र फाइदा पुर्याएको छ।” उनले प्रजातन्त्र र राजतन्त्रको संयोजनलाई आफ्नो पक्षको मुद्दा भएको उल्लेख गर्दै, राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्थालाई आवश्यक ठहराए।

सांसद शाहीले वर्तमान व्यवस्था जनताको चाहनामा आधारित नहुई, सीमित सांसदहरूले निर्णय गरेको दावी गरे। उनले थपे, “यदि हिम्मत छ भने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चयन गर्न सकिन्छ।”

शाहीले विभिन्न हत्याकाण्डका बारेमा पनि प्रश्न उठाए। उनले मदन भण्डारीको हत्यारा पहिचान गर्न नसकेको र निर्मला पन्तको हत्यारा अझै पत्ता नलागेको अवस्थामा, “बाँदरमुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीको हत्यारा संसद सदस्य बनेर हिँडिरहेको” विषयमा आपत्ति जनाए।

 

प्रतिकृया दिनुहोस्

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...

एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी...

आज २०८२ साल मंसिर २९ गतेको राशिफल

आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...