News Portal

प्रधानमन्त्री ओलीको आशावादी सन्देश: योजनाबद्ध ढंगले परिस्थितिको सुधारका लागि प्रतिबद्ध

आज नेपाल उद्योग परिसंघले आयोजित ‘महिला नेतृत्व शिखर सम्मेलन’मा सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैली योजनाबद्ध र लक्ष्य केन्द्रित रहेको जनाएका हुन्।

संगीता गुरुङ
१७० पटक

काठमाडौं, ३ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध रूपमा देशको वर्तमान परिस्थितिमा सुधार ल्याउनका लागि सक्रियता र धैर्यतासाथ अघि बढ्नुपर्ने बताएका छन्। आज नेपाल उद्योग परिसंघले आयोजित ‘महिला नेतृत्व शिखर सम्मेलन’मा सम्बोधन गर्दै उनले सरकारको कार्यशैली योजनाबद्ध र लक्ष्य केन्द्रित रहेको जनाएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “हामी योजनाहिन छैनौं, हामी योजनाबद्ध र सक्रियतासाथ अघि बढिरहेका छौं। निराशामा उभिएर होइन, आशावादका साथ भविष्यमा परिवर्तन ल्याउन हामी अग्रसर छौं। जबसम्म परिस्थिति सुधार हुँदैन, तबसम्म योजनावद्ध तरिकामा यसलाई परिवर्तन गर्नका लागि अघि बढ्नेछौं।”

यसै क्रममा उनले भ्रष्टाचार नियन्त्रण र अन्त्यको लागि सरकारले दृढ संकल्पका साथ काम गर्दै आएको पनि उल्लेख गरे। ओलीले नेपालमा वर्तमानमा फैलिरहेको झुटको खेतीको सन्दर्भमा सही र गलतको छुट्याई गर्दै अघि बढ्न आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई राजमार्गसँग तुलना गर्दै भने, “लोकतन्त्र भनेको हाइवे हो, जहाँ ब्याक गेयर नलगाइने हुन्छ। यसमा निरन्तर अघि बढ्नुपर्छ, र हामी यस मार्गमा सधैं अघि बढ्दै जाने छौं।”

 

प्रतिकृया दिनुहोस्

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...

एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी...

आज २०८२ साल मंसिर २९ गतेको राशिफल

आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...