News Portal

प्रधानमन्त्री ओलीको आशावादी सन्देश: योजनाबद्ध ढंगले परिस्थितिको सुधारका लागि प्रतिबद्ध

आज नेपाल उद्योग परिसंघले आयोजित ‘महिला नेतृत्व शिखर सम्मेलन’मा सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैली योजनाबद्ध र लक्ष्य केन्द्रित रहेको जनाएका हुन्।

संगीता गुरुङ
२३५ पटक

काठमाडौं, ३ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध रूपमा देशको वर्तमान परिस्थितिमा सुधार ल्याउनका लागि सक्रियता र धैर्यतासाथ अघि बढ्नुपर्ने बताएका छन्। आज नेपाल उद्योग परिसंघले आयोजित ‘महिला नेतृत्व शिखर सम्मेलन’मा सम्बोधन गर्दै उनले सरकारको कार्यशैली योजनाबद्ध र लक्ष्य केन्द्रित रहेको जनाएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “हामी योजनाहिन छैनौं, हामी योजनाबद्ध र सक्रियतासाथ अघि बढिरहेका छौं। निराशामा उभिएर होइन, आशावादका साथ भविष्यमा परिवर्तन ल्याउन हामी अग्रसर छौं। जबसम्म परिस्थिति सुधार हुँदैन, तबसम्म योजनावद्ध तरिकामा यसलाई परिवर्तन गर्नका लागि अघि बढ्नेछौं।”

यसै क्रममा उनले भ्रष्टाचार नियन्त्रण र अन्त्यको लागि सरकारले दृढ संकल्पका साथ काम गर्दै आएको पनि उल्लेख गरे। ओलीले नेपालमा वर्तमानमा फैलिरहेको झुटको खेतीको सन्दर्भमा सही र गलतको छुट्याई गर्दै अघि बढ्न आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई राजमार्गसँग तुलना गर्दै भने, “लोकतन्त्र भनेको हाइवे हो, जहाँ ब्याक गेयर नलगाइने हुन्छ। यसमा निरन्तर अघि बढ्नुपर्छ, र हामी यस मार्गमा सधैं अघि बढ्दै जाने छौं।”

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...