News Portal

रास्वपाको सचिवालय बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अपराह्न ४ बजे केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ।

३०१ पटक

काठमाडौं, ३ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज अपराह्न ४ बजे केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय गरिएको छ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीका नियमित गतिविधि, समसामयिक राजनीतिक अवस्था, आगामी कार्यक्रमहरूबारे प्रस्तावित प्रतिवेदन तथा केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ।

साथै, अघिल्लो बैठकहरूको समीक्षा गर्दै पार्टी रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू लिने तयारी गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...