News Portal

चन्द्रागिरिमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको ज्यान गयो

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा निर्माणाधीन पार्कको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

संगीता गुरुङ
२२७ पटक

काठमाडौं, चैत ३ – काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा निर्माणाधीन पार्कको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

शनिबार बेलुकी पोखरीमा डुबेपछि गम्भीर अवस्थामा अस्पताल लगिएकी सल्यानकी पाँच वर्षीया पूर्णिमा थापाको उपचारका क्रममा ज्यान गएको हो। उनी हाल परिवारसँग चन्द्रागिरिमा बस्दै आएकी थिइन्।

बालिकालाई उनका बाबु घनश्याम थापाले उद्धार गरी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याएका थिए। तर, चिकित्सकले साँझ ७:१३ बजे उनलाई मृत घोषित गरेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

उक्त पार्क सर्वसाधारणका लागि खुला रहेको बुझिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...