News Portal

दरबार हत्याकाण्डमा प्रचण्ड र तत्कालीन सरकारको संलग्नता रहेको शाहीको दाबी

दरबार हत्याकाण्डमा प्रचण्ड र तत्कालीन सरकारको संलग्नता रहेको शाहीको दाबी गरेका छन्।

संगीता गुरुङ
३६५ पटक

चैत्र १, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले २०५८ सालको दरबार हत्याकाण्ड योजनाबद्ध रूपमा माओवादी नेतृत्व र तत्कालीन सरकारको मिलेमतोमा भएको दाबी गरेका छन्। उनले यो घटना विदेशी शक्तिको निर्देशनमा राजा वीरेन्द्रको वंश समाप्त गर्न गराइएको आरोप लगाएका छन्।

शाहीले माओवादी युद्धकालका विभिन्न घटनाहरूलाई उल्लेख गर्दै, “राजसंस्थालाई समाप्त पार्ने उद्देश्यले विदेशी शक्तिबाट अत्याधुनिक हतियारहरू आयात गरियो” भन्ने तर्क गरेका छन्। उनका अनुसार, M16, AK-47, LMG, SMG, SLR जस्ता हतियारहरू माओवादीले प्रयोग गरेको र यो योजनाबद्ध रूपमा नेपालमा हिंसा भड्काउन गरिएको थियो।

उनले माओवादी सशस्त्र विद्रोहको क्रममा १७ हजार निर्दोष नागरिक मारिएको, धार्मिक स्थलहरूमा आक्रमण गरिएको, सुन तस्करीदेखि क्यान्टोनमेन्ट घोटालासम्मका अनियमितता भएको उल्लेख गर्दै ती सबै घटनामा माओवादी नेतृत्वको संलग्नता रहेको आरोप लगाए।

शाहीले प्रचण्डलाई चेतावनी दिँदै भने, “नेपाली जनताले अब झूटा भाषण र इतिहास तोडमोड गर्ने प्रयास स्वीकार्ने छैनन्। विदेशीको प्रभावमा चल्न छोडी देशको हितमा नयाँ समझदारीका साथ अघि बढ्नुपर्छ।”

उक्त अभिव्यक्ति प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको र मूर्ति चोर भएको आरोप लगाएपछि आएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...