News Portal

होलीमा उच्छृंखल गतिविधि, काठमाडौंबाट ११ जना पक्राउ

होली खेल्ने क्रममा अनुशासनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
१६६ पटक

काठमाडौं, फागुन २९ – होली खेल्ने क्रममा अनुशासनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ९ पुरुष र २ महिला रहेका छन्।

काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पकनाजोलबाट दुई महिला पक्राउ परेका छन् भने न्यूरोड क्षेत्रबाट ३ पुरुषलाई नियन्त्रणमा लिइएको छ। कोटेश्वरबाट ४ र सिंहदरबार पश्चिम गेटबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूको अवस्थाका आधारमा कानुनी कारबाही अघि बढाइने वा छाडिने निर्णय गरिनेछ।

यसका साथै, ट्राफिक नियम उल्लंघन तथा अव्यवस्थित सवारी सञ्चालनका कारण ३९ वटा दुई पांग्रे र १ वटा चार पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिउँसो २ बजेसम्म संकलित तथ्यांकअनुसार, होली पर्वलाई सुरक्षित बनाउने उद्देश्यले प्रहरीले विभिन्न स्थानमा निगरानी बढाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...