News Portal

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।

संगीता गुरुङ
१७९ पटक

काठमाडौं, फागुन २९ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार सो मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले २०७७ माघ १३ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उनीहरूले ओलीले तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गरेका थिए।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। आदेशअनुसार २०७७ फागुन ६ गते ओली अदालतमा उपस्थित भई लिखित जवाफ दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...