News Portal

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ।

संगीता गुरुङ
२४५ पटक

काठमाडौं, फागुन २९ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार सो मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले २०७७ माघ १३ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उनीहरूले ओलीले तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गरेका थिए।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। आदेशअनुसार २०७७ फागुन ६ गते ओली अदालतमा उपस्थित भई लिखित जवाफ दिएका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...