News Portal

  • प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको मुद्दामा आज सुनुवाइ

    गिरीबन्धु टी स्टेट्स सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालत अवहेलना सम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

    संगीता गुरुङ
    १४६ पटक

    काठमाडौं, ४ फागुन – गिरीबन्धु टी स्टेट्स सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालत अवहेलना सम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

    अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको आदेश अवज्ञा गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनका अनुसार संवैधानिक इजलासले गिरीबन्धु टी स्टेट्सको विषयमा दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा अवरोध गरिएको छ।

    २०७८ माघ २४ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु टी स्टेट्स सम्बन्धी मुद्दामा तीनवटा महत्वपूर्ण आदेश जारी गरेको थियो। पहिलो, हदबन्दी छुटमा दिइएको जग्गाको वास्तविक उपयोगको अवस्था पत्ता लगाउन; दोस्रो, प्रयोगमा नआएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा सरकारको नाममा ल्याउन; र तेस्रो, चिया उद्योगको नाममा उपयोग नभएको तथा हदबन्दी भन्दा बढी देखिएको जग्गा सरकारको नाममा ल्याउन निर्देशन दिइएको थियो।

    फैसलाको पूर्णपाठ २०८१ असार ५ मा महान्यायाधीवक्ता कार्यालयमा र त्यसको चार दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको थियो। सो समयमा पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका थिए भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बलराम अधिकारीको जिम्मेवारीमा थियो।

    २०७८ असार ३१ पछि केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्। अधिवक्ता अर्यालले कम्तिमा सात महिनादेखि अदालतको आदेश कार्यान्वयनमा अवरोध भएको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाहीको माग गरेका छन्।

    सर्वोच्च अदालतले आजको सुनुवाइमा आदेश अवज्ञाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...