News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मूलुक भित्र भईरहेको तातो बहस

    कमला थापा
    २४१ पटक
    २०८१ पौष २२ गते सोमबार

    मूलुक भित्र अहिले प्रमुख दुई ओटा कुराको बहसले निकै तताएको छ। पहिलो भारतमा राजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरिएको र नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाको बेलायतको संसदिय समितिमा हुने भनिएको सम्बोधनले। अहिले यी दुई कुराले राजनीतिक जगतमा निकै चर्चा पाएको छ। राजनितिक विश्लेषकहरुको आ- आफ्नै धारणा, विश्लेषण आईरहेको सुनिन्छ।

    त्यस्तै राजा ज्ञानेन्द्र शाहको भारत भ्रमणलाई लिएर आ-आफ्नै किसिमका बहस सुरु भएका छन्। भारतले राजा ज्ञानेन्द्र शाहको भब्य स्वागत गरेको र विशिष्ट व्यक्तिहरुले भेटेको कुरा आइरहदा देश भित्र एउटा छुट्टै आसाको बहस जनतामा जागृत भएको देखिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलको सुरक्षा सम्यन्त्रमा राजाको सवारी चलाईएको कुरालाई अर्थ पूर्ण रूपमा हेरिएको छ। भारत हिजोका गल्ती, कमी कमजोरीहरुलाई सच्याएर अगाडी बढ्न खोजेको आभाष बुद्धिजीवी, नागरिक समाज, प्राध्यापक र जनताहरुको तर्क छ। भारत आफ्नै जटिलतामा र दक्षिणी सार्क मूलुकहरुनै भू- राजनितिक चपेटामा भयको कारणले पनि भारत आफ्नो गल्तिलाई सच्याउन चाहन्छ। त्यसैले भारत कोर्स करेक्सनमा जादैछ, भन्ने विश्लेषण गर्न सकिन्छ।

    “नेपालमा राजसंस्था नहूदां सार्क राष्ट्रहरु र भारत स्वयमले पनि असुरक्षित महसूस गरेको हुन सक्दछ। त्यस्तो अबस्थामा राजा ज्ञानेन्द्र शाहको भ्रमण हुनु र उनको भब्य स्वागत हुनु त्यसलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ। पश्चिमाबाट अलग भएको भारतले नेपालप्रति हिजो भएको गल्ति सच्याउन खोज्नुलाई सकारात्मक रुपमा हेरिएको छ। त्यसैले पनि राजाको भ्रमण आफैमा एउटा उपलब्धी पूर्ण हो।”

    नेपालका जनता आन्दोलनमा उत्रियको र गणतन्त्र प्रति जनतामा बढेको आक्रोश, भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेता, सरकार स्वयम राज्य आतकंमा अगाडी बढेको, पश्चिमाहरुको गतिविधि ज्यादा बढ्दै गएको कारणले दुई छिमेकी मुलुकहरु ससंकित हुनु स्वाभाविक देखिन्छ। दक्षिणी राष्ट्हरु माथि बढदै गयको खतरालाई रोक्न पनि नेपालमा राजसंस्था को अपरिहार्यता भारतले महसुस गरेको हुनु पर्छ। दक्षिणी एसियामा बढदै गरेको इसाई र आइएनजीओ, करणले दक्षिणी मुलुकहरुको आन्तरिक र सनातनिहरु असुरक्षित भएको, जसबाट शासन सत्तामा समेत खलल पुग्न सक्ने र नेपालमाथि पश्चिमाहरुको बढदै गरेको हस्तक्षेपले दुई छिमेकी मुलुक निकै ससंकित भएको‌ कारणले पनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसूस भयको कुरा भारतकै बरिष्ठ राजनीतिज्ञ बिद्धान, महात्माहरुको भनाइ आईरहेको छ। नेपालमा राजसंस्था नहूदां सार्क राष्ट्रहरु र भारत स्वयमले पनि असुरक्षित महसूस गरेको हुन सक्दछ। त्यस्तो अबस्थामा राजा ज्ञानेन्द्र शाहको भ्रमण हुनु र उनको भब्य स्वागत हुनु त्यसलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ। पश्चिमाबाट अलग भएको भारतले नेपालप्रति हिजो भएको गल्ति सच्याउन खोज्नुलाई सकारात्मक रुपमा हेरिएको छ। त्यसैले पनि राजाको भ्रमण आफैमा एउटा उपलब्धी पूर्ण हो।

    त्यस्तै यहि जनवोरी १३ तारिखमा मा. डा. शेखर कोइरालाले बेलायतको “House of commons Commetee ” मा सम्वोधन गर्ने कुरालाई पनि महत्वपूर्ण रुपमा लिन सकिन्छ। राजसंस्था भएको मूलुक, संसदीय व्यवस्थाको जननी ऐतिहासीक कालदेखि नेपाल र बेलायतको राजकिय, पारिवारिक सम्वन्ध रहिआएको प्रजातन्त्रको जननी मूलुकले नेपाली कांग्रेसका नेतालाई स्थान दिनु आफैमा एउटा गौरव‌पूर्ण कुरा हो। त्याहां नेता शेखर कसरी प्रस्तुत हुन्छन् भन्ने कुरामा सन्देह नै छैन। कारण उनी विपीका अनुयायी नेता हुन्। विपीको देश भक्ति, राष्ट्र प्रेम, राष्टि्य एकता तथा मेलमिलापको भावना, सन्देशले अबस्य पनि उहांको सम्वोधन महत्वपुर्ण हुनेछ।‌ राज नेता विपी कोइराला नेता मात्र हैनन्। विपी एउटा विचार, सिद्धान्त र आदर्श हो। त्यसैले त राष्टि्य मेलमिलापको भावना लिएर निर्वासनबाट देशको रक्षा गर्न आफ्नो जिवनको पर्वाह नगरी आए। त्यसैले राष्ट्मा जवसम्म राष्ट्रिय शक्तिहरुमा मेलमिलाप र एकता हुदैन तबसम्म देश सुरक्षित, समृद्ध र आत्म निर्भर रहन सक्दैन भन्ने चिन्तनका साथ सोदेश फर्किए। भारतमा आफुप्रति तोकीएको सिमा रेखा र ०३२ सालमा भारतले लिएको सिक्किमको अबस्थालाई मध्य नजर गरेर विपी आफ्नो ज्यानको पर्वाह नगरी नेपाल आएका थिए। आज उनको भावनामा नेपाली कांग्रेसले नै चोट पुर्याउने काम गरेको छ। यस्लाई सच्याउने प्रयत्नमा हामी छौ, भन्ने कुरा पनि कोइरालाले अबस्य राख्नु हुनेछ भन्ने लाग्छ।

    “नेता शेखर कोइराला बेलायत जादैछन्। बेलायत पनि कुनै दिन राजसंस्था बिहन अबस्थामा थियो। १३ बर्ष पछि रुसको एउटा गांउमा गएर बसेका राजाका बंशज राजा चाल्सलाइ ल्याएर राजासंस्थ पुनर्स्थापना गरेपछि आज बेलायत प्रजातन्त्रको जननी मानिएको छ। जहां लिखित संविधान छैन तर देश बिधिको शासनले चलेको छ। नेपाल पनि त्यस्तै थियो। तर अहिले भष्मासुरहरुको साशनले देश रित्यायो। अब नेपालमा पनि जनताले छिट्टै राजसंस्था पुनर्स्थापित गर्दैछन्। नेता कोइरालाले त्यो सन्देश पनि अबस्य सुनाउने छन्, भन्ने आसा गर्न सकिन्छ।”

    बहुदल आएको १७ बर्ष गणतन्त्रको १८ बर्ष समेत गरेर ३५ बर्ष बित्यो तर देशले के हासिल गर्यो ? जनता सार्वभौमसत्ता सम्पन्न हुन पाएकी पाएनन्। बिधिको शासन कल्पनासम्म गर्न पाएनन् जनताले। देश लुट्नेले लुटिरहे निर्दोषलाई दोषि बनाउन राज्य शक्ति नै लागिरहेको छ। राजाका सम्पतीमाथि नै गिद्धे नजर राख्ने, पृथ्वीनारायण शाहको शेरा दरवार समेत आफ्नी श्रीमतीलाई महल बनाउन सक्ने हिम्मत वाला नेताहरु गणतन्त्रले जन्माएको रहेछ। यहां एउटा हैन, दुईटा हैन कुनै पार्टि पनि चोखो छैन। झण्डै नारायणहिटी राजदरवार समेत हावा, हुरी बतासलाई बेचिसकेका थिए। हजारौं काण्डका नाम लिएर साध्य छैन। देश ठुला पार्टिहरुले अशंबण्डा लगाएर खाइसके त्यस्तै पार्टि भित्र पनि क्षितिज पारीको उज्यालो जस्तो एक आद नेता छन्। तिनिहरु नबिग्रिउन भन्ने हाम्रो खवरदारी हो।

    नेता शेखर कोइराला बेलायत जादैछन्। बेलायत पनि कुनै दिन राजसंस्था बिहन अबस्थामा थियो। १३ बर्ष पछि रुसको एउटा गांउमा गएर बसेका राजाका बंशज राजा चाल्सलाइ ल्याएर राजासंस्थ पुनर्स्थापना गरेपछि आज बेलायत प्रजातन्त्रको जननी मानिएको छ। जहां लिखित संविधान छैन तर देश बिधिको शासनले चलेको छ। नेपाल पनि त्यस्तै थियो। तर अहिले भष्मासुरहरुको साशनले देश रित्यायो। अब नेपालमा पनि जनताले छिट्टै राजसंस्था पुनर्स्थापित गर्दैछन्। नेता कोइरालाले त्यो सन्देश पनि अबस्य सुनाउने छन्, भन्ने आसा गर्न सकिन्छ। उहांलाई सफलताको शुभकामना दिंदै श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनमा गएको भूकम्पप्रति समवेदना व्यक्त गरे

    पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको...

    भारतमा एचएमपी भाइरसका संक्रमित ८ पुगे

    नयाँ दिल्ली – भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा...

    भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    पुस २३, सोलुखुम्बु – आज (मंगलबार) गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु...

    नेपालमा भूकम्पको धक्का: सामान्य क्षति, मानवीय क्षति नभएको पुष्टि

    पुस २३, काठमाडौँ – आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो...

    चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

    पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको...