News Portal

३२ वर्षे उमेर हदबारे मतगणना विवादित, परिणाम सार्वजनिक स्थगित

मत परिणामलाई लिएर जारी विवाद समाधान गर्न निर्वाचन आयोग अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफलमा छ।

संगीता गुरुङ
२२१ पटक

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हदबारे विवाद बढ्दै गएको छ। शनिबार सम्पन्न निर्वाचनमा उमेर हदको पक्षमा ९१७ र विपक्षमा ८८४ मत आएको भए पनि उजुरीका कारण मत परिणाम सार्वजनिक हुन सकेको छैन।

विभिन्न जिल्लाबाट निर्वाचन धाँधलीको आरोपसहित उजुरी परेपछि निर्वाचन आयोगले मत परिणाम रोक्दै पुनः गणना गर्नुपर्ने बताएको छ। निवर्तमान उपाध्यक्ष मदन भुलले उजुरीका कारण परिणाम स्थगित भएको र पार्टी नेतृत्वसँग छलफल भइरहेको जानकारी दिए।

उमेर हद खुल्ला गर्नुपर्ने पक्षले बैतडी, बाजुरा, गुल्मी, मोरङ लगायतका जिल्लाबाट उजुरी दिएका छन्, भने हद लगाउने पक्षले पनि अछाम र दाङमा पुनः मतदानको माग गरेका छन्।

निर्वाचन समितिले शनिबार राति कागजात प्राप्त नभएसम्म मत परिणाम सार्वजनिक नहुने सूचना जारी गरेको थियो। कुल २,४०५ प्रतिनिधिमध्ये १,८०१ जनाले मतदान गरेका थिए। मत परिणामलाई लिएर जारी विवाद समाधान गर्न निर्वाचन आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...