News Portal

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्दै एमाले

नेकपा (एमाले) को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसको कार्यसूची तय गर्नेछ।

हिमालीसंचार संवाददाता
२१५ पटक

नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसको कार्यसूची तय गर्नेछ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस भित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिएको छ। सो बैठकमा स्थानीय तह उपनिर्वाचन, सरकारको कामको समीक्षा, र सांगठनिक गतिविधिको मूल्यांकन गरिनेछ।

मंसिर १६ गतेको उपनिर्वाचनमा एमालेले ८ स्थान मात्र जितेको छ। सहरी क्षेत्रमा मत घटेको र जनप्रतिनिधिको कार्यशैली प्रति असन्तुष्टि मुख्य कारण भएको प्रारम्भिक विश्लेषण छ।

एमालेले मंसिर मसान्तसम्म सबै जिल्ला अधिवेशन सक्ने लक्ष्य राखेको भए पनि ५ जिल्ला अधिवेशन अझै बाँकी रहेको जनाएको छ। आगामी केन्द्रीय कमिटी बैठकमा वार्षिक कार्य योजनाको प्रगति र सरकारको कामको समीक्षा पनि गरिनेछ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...