News Portal

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्दै एमाले

नेकपा (एमाले) को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसको कार्यसूची तय गर्नेछ।

हिमालीसंचार संवाददाता
२९९ पटक

नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसको कार्यसूची तय गर्नेछ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस भित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिएको छ। सो बैठकमा स्थानीय तह उपनिर्वाचन, सरकारको कामको समीक्षा, र सांगठनिक गतिविधिको मूल्यांकन गरिनेछ।

मंसिर १६ गतेको उपनिर्वाचनमा एमालेले ८ स्थान मात्र जितेको छ। सहरी क्षेत्रमा मत घटेको र जनप्रतिनिधिको कार्यशैली प्रति असन्तुष्टि मुख्य कारण भएको प्रारम्भिक विश्लेषण छ।

एमालेले मंसिर मसान्तसम्म सबै जिल्ला अधिवेशन सक्ने लक्ष्य राखेको भए पनि ५ जिल्ला अधिवेशन अझै बाँकी रहेको जनाएको छ। आगामी केन्द्रीय कमिटी बैठकमा वार्षिक कार्य योजनाको प्रगति र सरकारको कामको समीक्षा पनि गरिनेछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...