आज : २०२६-०६-२६, शुक्रबार

२२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।