आज : २०२६-०६-२६, शुक्रबार

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसदिन चाँदीको मुल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।