आज : २०२६-०६-१०, बुधबार

मकाउमा स्वर्गिय सन्जिब राईको सम्झनामा श्रद्धाञ्जली सभाकाे आयोजना

मकाउ। किरात यायोक्खा मकाउले सोमबार आफ्नो संस्थाको पुर्व महासचिब स्वर्गिय सन्जिब कुमार कोयी राईको सम्झनामा श्रद्धाञ्जली सभाकाे आयोजना गरेको छ।

किरात आयोक्खा मकाउ, नेपाल आदिवासी जनजाती माहासंघ, एनआरएनए मकाउ, किरात याक्थुम चुम्लुङ, सेर्पा समाज समाज मकाउ, तमोर गुरुङ समाज मकाउ, मगर संघ मकाउ, तामाङ घेदुङ समाज मकाउ, नेवा गूठी मकाउ, ग्लोवल एनआरएनए मकाउ, नेपाली समाज मकाउ लगायतको संस्थाहरूबाट उपस्थिति रहेको थियो।

किरात यायोक्खाले श्रद्धाञ्जली सभा आयोजना गरी सम्मान व्यक्त गरेकोमा स्वर्गिय राईको आफन्ती उमेश चामलिङ राई सहित उनको पारिवारिक सदस्यले उपस्थित जनाउनुहुने संघसंस्थाहरु, सम्पूर्ण मकाउबासी नेपालीहरुमा आभार तथा धन्यवाद व्यक्त गरेका थिए।

राईकाे गत हप्ता १५ असोजमा काठमाडाैँमा निधन भएको थियो। उनी विगत तीन वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए। पारिवारिक श्रोतका अनुसार उनको शव खोटाङकाे केपिलासगढी गाउँपालिका वडा नम्बर ७ सुङ्देलमा अन्तिम दाहंस्कारका लागि पुर्याईएको थियो।

राई हिमालीसंचार डटकमकाे प्रधान सम्पादक र नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सदस्य समेत थिए।

हिमालीसंचार डटकमका प्रधानसम्पादक राईकाे निधन

प्रधानसम्पादक राईलाई सदाका लागि गुमायौँ – हिमालीसंचार