बिगत केही बर्षदेखी नै नेपालीहरूको मन असान्त छ। कहिले महांभूकम्प त त्यसपछी कोरोनाको दुई बर्ष त्यसपछिको डेंगो। पोहर सालको बाढि पहिरोले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हिमाली जिल्ला देखि पहाड, तराई कहि बांकी रहेको थिएन। त्यसपछि जाजरकोट र पूर्वि रुकुममा गएको भूकम्पले बेहाल बनाएको जनजिवन अहिलेसम्म सुरक्षित बसोवासको पुनार्व्यवस्था हुन सकेको छैन। प्रत्येक सालको बर्षाले ल्याउने विनास प्रति यो देशका शासकहरुलाई कहिले जिम्मेवार बनाउन सकेन। भैपरी आउने संकटको सामना गर्नको लागि पूर्वतयारीको अबस्थामा सरकार कहिले पनि रहेको पाइदैन।
यहि असोज ११ र १२ गते परेको अबिरल बर्षाले बितण्डा नै मच्चायो। काठमाण्डौं, काभ्रे लगायत १४ ओटा जिल्लाहरुमा मानव बस्ति बस्नै नसक्ने अबस्थामा रहे। काठमाण्डौंमा बग्ने ठूला, साना खोलाहरुको बितण्डा हेर्नै नसकिने कहाली लाग्दा थिए। नखु खोलाको अबस्था कल्पना भन्दा बाहिरको थियो। त्याहां चारैतिरबाट उर्लिएर आएको खोलाको बिचमा जस्ताको टहरामाथि बसेर गुहार माग्दै चिच्याएको त्यो बालिका सहितको कारुणिक आवाज अहिले पनि जनमानसको कानमा गुन्जिएको छ। त्यस्तो अबस्थामा पनि राजधानी जस्तो सबै सुबिधा सम्पन्न ठांउमा ति पिडितले सरकारको सहयोग पायनन्। एकजना साहसिक यूवाले आफ्नो ज्यान जोखिममा राखेर पनि ब्यक्तिको ज्यान बचाउन सफल भए।
“राजा ज्ञानेन्द्र शाहको भूटान भ्रमणलाई लिएर निकै तर्क गर्न थालिएको छ। राजाले भूटानी मोडेललाई स्वीकार्ने भए। फलानाले ढिस्कानालाई बार्ता गर्न पठाए लगायतका तर्क गर्दैछन्। यदि देश, जनता भन्दा ठूलो सिहांसन ठानेका भए यस्ता अत्याचारिहरुलाई देश किन सुम्पन्थे ? त्यसैलै ति सबै वाईयात तर्कहरू हुन। यस्ता फजुल कुराहरु गरेर बिश्लेषक कहलाउनेसंग न त राजाको कुनै सम्वन्ध छ। न राजालाई सरोकार छ। कहाँ र कसरी के हुदैछ। त्यो सायद यहाँ हाम्रो सोच भन्दा विल्कुलै भिन्न र हाम्रो कल्पना भन्दा बाहिरको सोच्दै नसोचेका कुरा हुन सक्छन् र होला। जे हुदैछ यो देशको भलाई र जनताको रक्षाका लागि हुने छ।”
साधारण जनताको पौंच भन्दा बाहिरको अबस्था थियो त्यो। सरकार कहाँ थियो। थाहा भएन, प्रधानमन्त्री अमेरिकामा थिए। कार्यबाहक प्रधानमन्त्री त सिहंदरवारमै थिए। तर उनी बेखवर देखिए। त्यति ठूलो गठबन्धन सरकार, तिनका मन्त्रीमण्डल, देउवाका प्रिय पात्र गृहमन्त्री कहाँ थिए ? सबै सिंह दरवार भित्र लुकेर बसे ? या सिंहदरवार भित्र पनि बाढि आउला भनेर घर भित्रै सुरक्षित भएर बसे ! सरकारको अत्तोपत्तो थिएन। गरिव मानवको चित्कार सुनेनन्। फोन कोसैको उठ्दैन थियो। तर भोलिपल्ट कार्यवाहक प्रधानमन्त्रीले बैठक बोलाएर अब के गर्ने ? भन्ने सल्लाह लिदै थिए। अब नेपाली जनता हामी आफै बुझौं। यो देशमा सरकार छ ? राज्य छ ? कहाँ छ ? केवल माफियाहरुको पोल्टामा मात्र छ। सर्बसाधारण जनताको लागि यहाँ केहि पनि र कोहि पनि छैन।
नेता बिरामी हूंदा तुरुन्तै एअर एम्वुलेन्स मगाएर विदेशमा उपचार गर्न लगिन्छ। तर गरिब जनताले मृत्युको सामना गरिरहदा, आफ्नो मृत्यूलाई नजिकैबाट देखिरहँदा सरकारसंग गुहार माग्दा पाउदैन ! किनभने ति गरिव थिए। तिनको बाच्ने अधिकारै छैन भन्ने सरकारले देखायो। त्यो कारुणिक दृश्य अहिले पनि सामाजिक सन्जालमा आईरहन्छ। त्यो पिडा भुल्न चाहेर पनि भुल्न नसक्ने दृष्यले सरकारलाई छोएन। उल्टै संसदिय समितिको बैठकमा गृहमन्त्रीले हेलिकोप्टरको लागि भिजिवल नै पुगेन भन्दा त्यो जत्तिको नालायकीपन अर्को कुनै होला। प्रयासै नगरि गफ लगाई दिए।
अहिलेसम्मको ठूलो क्षेति जस्को पुनर्निर्माण आगामी पाँच बर्षमा पनि बन्न सक्ने अबस्था देखिदैन। यस्तो गफाडि र गैरजिम्मेवार सरकार त्यस्तै पार्टिहरु भएको हाम्रो देश। यस बिषयमा लेख्ने मननै थिएन। नेपालीहरुको मन कोसैको शान्त छैन। असान्त मनले लेख्ने जस्तो लागेको थियो। प्रधानमन्त्री अमैरिकाबाट फर्कदै बोलेको बोलि र सांसदहरुको रुखो घोचपेचले फेरी घचघच्यायो। त्यति ठूलो बितण्डा आफ्नै घरको अगाडी बागमती र बिष्णुमतिको उर्लाहट र अर्को काभ्रेको पनौंति ८, १२ नं वोडाको रोशी खोलाले मच्चाएको बितण्डा त्यो पनि घरै अगाडी खोलाले हेर्दाहेर्दै बगाएको घर, झोलुङ्गे पूल, वारीपारी गर्नै कुनै बाटो छैन बस्ने घर छैन। खाने गाँस छैन, गरिखाने खेत सबै बगरमा परिनत भएका छन्। अब उब्जनी गर्ने ठाउँ नै छैन।
काभ्रेको प्राय सबै गाउँको हालत दयनिय छ। यस्तो दैवि प्रकोपमा सांसदहरुको जुहारी, एकले अर्कोलाई खुइल्याउने भन्दा केही छैन। यो भन्दा सांसदहरुको गैरजिम्मेवारी पन अर्को के हुन सक्ला ? बाढि र पहिरोले मानव वस्तीनै उजाडिएको अबस्था छ। गाँस, बास र पकाएर खाने ठाउं समेत नभएका पिडित जनताहरुसंग केहि छैन। उब्जनी गरेर खाउला भन्ने अबस्था समेत छैन। खेतबारी सबै बगरमा परिणत भएका छन्। जमिनको नाउनिसान, केहि छैन। पिउने पानी हाहाकार छ। पिउने पानी, बत्ती छैन। जनजिवन तहसनहस भएको अबस्था छ। सरकारको भनाई सबैले सुनिसक्यौ। प्रधानमन्त्री केपि ओलि एरपोर्टमा उत्रदै गर्दा पत्रकारहरु मार्फत् जनतालाइ दिएको जवाफ “म अमेरिकामा भैसिं दुन गएको थिईन”। यो भन्दा सुन्न लायक हरिबिजोग अर्को के हुन सक्ला ? जवाफदेहिता मानवियता, नैतिक्ता नभएका नेता यहि गणतन्त्रमा देखियो। के, के गरेर आउनु भयो पछि अबस्य खुल्दै जाने नै छ।
पंन्चायतकालमा बरु धेरै नैतिकवानमन्त्री थिए।तत्कालिन शिक्षा तथा खेलकुदमन्त्री केशर बहादुर बिष्टले यस्तै दैविप्रकोप आँधिबेहरी आउदा रंगशालामा भागाभागको अबस्थामा ढोका खोल्न ढिलो भएको हुनाले धेरै मानिसहरू घाइते र मृत्यु हुनु पर्यो भनेर मन्त्री बिष्टले आफ्नो जिम्मेवारी संझदै नैतिक्ताको आधारमा राजिनामा दिएका थिए। आज पनि उनी नजिरका रुपमा उदाहरणिय छन्। तर आज गणतन्त्रसम्म देश आईपुग्दा सबै नैतिक्ता सक्किएको अबस्था छ। नैतिक जिम्मेवारी लिन कोहि तयार छैन। उल्टै प्रधानमन्त्रीको महांनवांणी सुन्नुपर्छ। भारि बर्षाको प्रकोप छ भनेको पो थियो त। बाढि, पहिरो कहाँ कहाँ जान्छ ? कतिजनाको मृत्यु हुन्छ भनेर भनेको थियो ? भन्ने उल्टो जवाफ हाम्रा प्रधानमन्त्री दिन्छन्। यहाँ राज्य सरकार नै आतंक मच्चाउदै छ।
हामी नेपालीहरु आबस्यक्ता भन्दा बढि नै तर्कवितर्क र अनुमान गर्न सिपालु छौ। अहिले राजा ज्ञानेन्द्र शाहको भूटान भ्रमणलाई लिएर निकै तर्क गर्न थालिएको छ। राजाले भूटानी मोडेललाई स्वीकार्ने भए। फलानाले ढिस्कानालाई बार्ता गर्न पठाए लगायतका तर्क गर्दैछन्। यदि देश, जनता भन्दा ठूलो सिहांसन ठानेका भए यस्ता अत्याचारिहरुलाई देश किन सुम्पन्थे ? त्यसैलै ति सबै वाईयात तर्कहरू हुन। यस्ता फजुल कुराहरु गरेर बिश्लेषक कहलाउनेसंग न त राजाको कुनै सम्वन्ध छ। न राजालाई सरोकार छ। कहाँ र कसरी के हुदैछ। त्यो सायद यहाँ हाम्रो सोच भन्दा विल्कुलै भिन्न र हाम्रो कल्पना भन्दा बाहिरको सोच्दै नसोचेका कुरा हुन सक्छन् र होला। जे हुदैछ यो देशको भलाई र जनताको रक्षाका लागि हुने छ। प्राथना गरौं यस्ताको हातबाट देश बचाउनु छ। बाँकी श्री पशुपतिनाथले रक्षा गरुन। जय नेपाल।