– प्रीति अर्याल
तिमी बेहुला
अनि
म बेहुली भएर
जब अनमिन्छु
जन्म घरबाट
तिम्रो अघिअघि लागेर
पुग्छु
हिमाचलमा
जहाँ
छरिएका छन् पुष्पहरु
छरपस्ट भएर
स्वागतमा
तत्पर देखिन्छन्
सप्तरङ्गी ईन्द्रेणि
तछाड-मछाड गर्दै
रङ्गहरु पाेतेर दलिनमा
बीणाहरु
संगित भर्ने छन्
मयुर ,डाफे र मुनाल
नाच्ने छन्
अाफ्ना पाउजु बजाउँदै
छमछम छमछम
साेरठि र सेलाे नृत्यमा
रङ्गीनेछ प्राङ्गण
रतेउली खेल्ने छन्
एक हुल अप्सराहरु
छुट्टयाइएको हुनेछैन
जातीय बर्गियता
कुनै धर्म सस्कृति
झुमिरहेछन अप्सरा
साैन्दर्य छर्लङ्ग लुटाएर
रुपान्तरण हुदै
प्रेमिल धुनहरुमा
जुनले चिहाउने छन्
बादलकाे घुम्टो
अलिकति हटाएर
जुनसगै लजाएर
सर्लक्कै बाधिने छु
अंगालोमा तिमीसगै
अनि
ईश्वरीय रस- पानमा
तल्लीन हुने छाै
मेटाएर कामुकता
काउकुती लगाउदै
बिछ्याएर जवानी
राताे फुलमा
उत्तेजक हासाे
हास्ने छाै
र
बग्ने छाै
मद्हाेसि मै
अनन्त- अनन्त
बुटवल