News Portal

कबिता – “प्रेमिल धुनहरुमा”

हिमाली संचार संवाददाता
७९२ पटक

– प्रीति अर्याल

तिमी बेहुला
अनि
म बेहुली भएर
जब अनमिन्छु
जन्म घरबाट
तिम्रो अघिअघि लागेर
पुग्छु
हिमाचलमा
जहाँ
छरिएका छन् पुष्पहरु
छरपस्ट भएर
स्वागतमा
तत्पर देखिन्छन्
सप्तरङ्गी ईन्द्रेणि
तछाड-मछाड गर्दै
रङ्गहरु पाेतेर दलिनमा
बीणाहरु
संगित भर्ने छन्
मयुर ,डाफे र मुनाल
नाच्ने छन्
अाफ्ना पाउजु बजाउँदै
छमछम छमछम

साेरठि र सेलाे नृत्यमा
रङ्गीनेछ प्राङ्गण
रतेउली खेल्ने छन्
एक हुल अप्सराहरु
छुट्टयाइएको हुनेछैन
जातीय बर्गियता
कुनै धर्म सस्कृति
झुमिरहेछन अप्सरा
साैन्दर्य छर्लङ्ग लुटाएर
रुपान्तरण हुदै
प्रेमिल धुनहरुमा

जुनले चिहाउने छन्
बादलकाे घुम्टो
अलिकति हटाएर
जुनसगै लजाएर
सर्लक्कै बाधिने छु
अंगालोमा तिमीसगै
अनि
ईश्वरीय रस- पानमा
तल्लीन हुने छाै
मेटाएर कामुकता
काउकुती लगाउदै
बिछ्याएर जवानी
राताे फुलमा
उत्तेजक हासाे
हास्ने छाै

बग्ने छाै
मद्हाेसि मै
अनन्त- अनन्त

बुटवल

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...