News Portal

स्वतन्त्रताका नाउमा अपनाउदै गएका स्वछन्दता

कमला थापा
६८२ पटक
२०८१ असोज १३ आईतबार

देशले खोजेको र समाजले कल्पना गरेको अवस्थाबाट हामी धेरै टाढा धकेलिँदैछौ। हामीले देशमा चाहेको मर्यादित प्रजातन्त्र, बिधिको शासन, न्यायपूर्ण समाज, देशमा सु-शासन, भेदभावरहित समाज, भ्रष्टाचारमूक्त देश, शुलभ शिक्षा, स्वास्थ र जनताको जिउधनको‌ सुरक्षा, जनताले गरिखान‌ पाउने रोजगारको ब्यबस्था नै हो।‌ तर आज देशमा यिनै कुराहरुमा ग्रहन लागेको छ। नेताहरु जनतालाई स्वतन्त्रता दिने नाममा आफु स्वछन्द बन्दै गएका छन्। यस्तो स्वछन्ताले भोलीका हाम्रा कलिला सन्ततिहरुको भबिष्य कस्तो होला ? उनिहरुले के सिक्लान ? आफु स्वछन्द बन्न गरिएको ब्यबहारले देशको अभिभावक र आफ्नै परिवारका अभिभाकप्रति गरेको ब्यबहारले हामी आफ्नै उत्तरार्द्ध र आजका यूवा बालबालिकाहरुको भबिष्य अन्धकार बनाउदै त छैनौं ? यस बिषयमा सबैले गम्भीर भएर सोच्न जरुरी छ।

समाजमा बढ्दै गयको असुरक्षा, राजनितिभित्र मौलाएको अराजकताले देश कंगाल बनाईसके। यूबा, जनता रित्तिदै गएको देश, भ्रष्ट बेसरम नेताहरुले निम्ताएको अनुशासन बिहिन समाज, भ्रष्टाचारले तहस नहस बनायको राजनिति, कर्मचारी प्रशासन, न्यायालय, कसरी देश उभो लाग्छ ? सोच्नै नसक्ने अवस्थामा मूलुक पुगिसक्यो। यो हेर्ने, समाधान गर्ने कुनै निकाय छैन। जस्ले हेर्नुपर्ने हो उनिहरु आफै भ्रष्ट, माफिया संन्चालक, भैदिएपछि जनताले गुनासो गर्न र न्याय माग्न कहां जाने ? पुराना पार्टिहरुले राम्रो गरेनन् हामी गर्छौ भनेर आएका रास्वपा जस्ता नयाँ पार्टिहरु आज आफै भ्रष्टाचार, सहकारी ठगी, कृत्य, जालसाजी र संगठित ठगिमा परेका छन्। अझ उनिहरुकै ठूलो स्वर र सरकारलाई धम्की दिदैछन्। लौ त मलाई कारवाही गर ! भन्दै भिड जम्मा गरेर भिडको सुरक्षामा देशको नियम कानून तोड्दै जनता गुहार्दै छन्। अब यो देशमा कस्ले न्याय पाउने र कस्ले न्याय दिने ? लोकतन्त्रको अर्थ भिडतन्त्र होईन। यदि लोकतन्त्रको अर्थ भिडतन्त्र हो भने यस्को अन्त जतिसक्दो चाँडो हुन जरुरी छ।

“बिदेशीभूमिमा आफ्नो देशको प्रधानमन्त्रीलाई अपमान गर्नु भनेको देशको अपमान गर्नु हो। नेता जुनसुकै पार्टीका हुन्। हाम्रा नेता नै हुन। हाम्रा असन्तुष्टि पोख्ने बिदेशको भूमिमा होईन। आफ्नो देशमा बोल्न सक्नुपर्छ। देश छोडेर जाने, बिदेशमा आफ्ना नेता, प्रधानमन्त्री जस्तो पदको अपमान गर्नु भनेको त्यो जत्तिको असभ्यताको पराकाष्ठा अर्को हुन सक्दैन। भारतका प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपतिदेखी भारतिय मूलका जनताबाट त्यत्रो सम्मान पाईरहदा। हाम्रा नागरिकले त्यस्तो अभद्र प्रदर्शन गर्न खोज्नु त्यो जत्तिको असभ्यता, अनुशासनबिहिन अर्को हुन सक्दैन। त्यसैलाई लिएर बिदेशमा बस्ने नेपालीहरु भेडा हुन् भनेर उहांकै निकटका सांसदले भनिदिए त्यो अर्को पाखण्डपन थियो।”

निर्दोष, जनताका कुरा उठाउनेहरु जेल जाने, पिडितहरुले पिडा भोगिरहने र पिडकले छाति फुलाएर हिडन पाउने भएपछि के अब यहाँ न्यायको कल्पना गर्न सकिन्छ ? यस्तालाई नेता भन्न मिल्छ ? यहाँ सरकार छ ? जुन देशका शासक नै पिडक भएपछी पिडितहरु झनझन पिडित हुने नै भए। अहिले पिडित जनतालाई प्रकृतिले पनि झनै पिडा थपेको छ। अबिरल बर्षादका कारण बाढि, पहिरो, सडक, पुल सबै तहसनहस भएका छन्। पहिरोले बस्ती उजाडिएको छ। ठूला चाडपर्वको मुखमा प्रकृतिले पनि काठमाण्डौंलाई नाकाबन्दी लगाएको हूंदा जनजिवन अस्तब्यस्त अबस्थामा छ। नेपालीहरुले कसरी चाडपर्व मनाउने ?

संयूक्त राष्ट्र संघको महासभामा भाग लिन गएका प्रधानमन्त्री केपि शर्मा ओलि बिदेशी भुमिमा समेत सुरक्षित हुन सकेनन्। जस्ले गर्दा अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आयोजना गरेको कार्यक्रममा उपस्थीत हुनै सकेनन्। त्यति ठूलो कार्यक्रम असफल भयो। त्यति ठूलो खर्च बेकार भयो। प्रधानमन्त्री नजानुको कारण के हो भन्दा त्यहाँ कालो झण्डा र जुत्ता चप्पल हान्ने थिए रे। त्यो साँचो थियो या अफवाह फैलाइएको थियो। तर अनुमान र हल्लाकै भरमा अनुपस्थित हुनु त्यो कायरता थियो। यदि त्यस्तो योजना थियो भने त्यो झनै असोभनिय र पाखण्डपन थियो।

“राजसंस्था भएको बेलाको नेपाल, कति सम्मानित र मर्यादित थियो। हाम्रा राजाहरु बिश्वका कुनैपनि मुलुकमा जाँदा राजाहरुले पाएको त्यो अपार मान संम्मानले नेपालीहरुको शीर विश्वमा उच्च थियो। जहाँ जादा पनि नेपाली भनेपछि “ओहो नेपाली” भनेर सम्मानको दृष्टिले हेर्थे। सगरमाथाको देश भनेर हंसिलो मुहारले सम्मान गर्थे। आज त्यो सम्मानमा तुच्छता देखिन्छ। आफैलाई हिनताबोध हुन्छ। हामीलाई त यस्तो हिनताबोध‌ हुन्छ भने राजालाई कस्तो लाग्दो हो ? ओहो मेरो देशका नेताहरु भनेर। उनी नेताहरुका गतिविधिलाई नियाली रहेका छन्। राजाको अगाडी नेताहरुलाई लाज लागेन। राज्य संन्चालन यसैगरी गरिन्छ ? देश, समाज र जनताको अगाडी लोकलाजसम्म बिर्सिएको अबस्था छ।”

बिदेशीभूमिमा आफ्नो देशको प्रधानमन्त्रीलाई अपमान गर्नु भनेको देशको अपमान गर्नु हो। नेता जुनसुकै पार्टीका हुन्। हाम्रा नेता नै हुन। हाम्रा असन्तुष्टि पोख्ने बिदेशको भूमिमा होईन। आफ्नो देशमा बोल्न सक्नुपर्छ। देश छोडेर जाने, बिदेशमा आफ्ना नेता, प्रधानमन्त्री जस्तो पदको अपमान गर्नु भनेको त्यो जत्तिको असभ्यताको पराकाष्ठा अर्को हुन सक्दैन। भारतका प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपतिदेखी भारतिय मूलका जनताबाट त्यत्रो सम्मान पाईरहदा। हाम्रा नागरिकले त्यस्तो अभद्र प्रदर्शन गर्न खोज्नु त्यो जत्तिको असभ्यता, अनुशासनबिहिन अर्को हुन सक्दैन। त्यसैलाई लिएर बिदेशमा बस्ने नेपालीहरु भेडा हुन् भनेर उहांकै निकटका सांसदले भनिदिए त्यो अर्को पाखण्डपन थियो।

सायद त्यो समाचारले प्रधानमन्त्री ओली केही मुड अफको अबस्थामा देखिनुहुन्थ्यो। अमेरिकाको हवांर्ड विश्वविद्यालयमा विद्यार्थीहरूसंग साक्षात्कार छलफलमा भाग लिदा एकजना बिध्यार्थीले गरेको प्रश्नको उत्तर दिन सक्नू भएन। प्रश्नः बुझ्नु भएन। प्रश्न लामो थियो तर जटिल थिएन। ओलीजीले पत्रकारलाई सोध्नु भयो। How many questions are there ? प्रत्रकार हास्दै एउटा मात्र प्रश्न छ भन्दै हांसे। प्रश्न सायद वातावरण सम्बन्धिनै थियो। तर प्रधानमन्त्रीज्यूले त्यस्को सहि जवाफ दिन सक्नु भएन। केपी ओली अग्रेजी राम्रो बोल्ने नेता हुन्। त्यहाँ मात्र होईन महासभाको सम्वोधनमा पनि चुक्नु भएको थियो। नजान्नु नराम्रो होइन। तर सबै ठांउमा अति जान्ने हुन खोज्नु चांहि आफैमा घातक हो।

विद्यार्थीहरुको कार्यक्रममा बिदेश मन्त्रीलाई पठाउन पनि सकिन्थ्यो। त्यस्तो हल्का प्रस्तुतिले देशको इज्जत राख्न सक्नु भएन। आफ्ना कार्यकर्ताहरुको अगाडी उखान टुक्का भनेर तालिखाने बानी परेको जस्तो त्यहाँ होईन भन्ने हेक्का रहेन।

राजसंस्था भएको बेलाको नेपाल, कति सम्मानित र मर्यादित थियो। हाम्रा राजाहरु बिश्वका कुनैपनि मुलुकमा जाँदा राजाहरुले पाएको त्यो अपार मान संम्मानले नेपालीहरुको शीर विश्वमा उच्च थियो। जहाँ जादा पनि नेपाली भनेपछि “ओहो नेपाली” भनेर सम्मानको दृष्टिले हेर्थे। सगरमाथाको देश भनेर हंसिलो मुहारले सम्मान गर्थे। आज त्यो सम्मानमा तुच्छता देखिन्छ। आफैलाई हिनताबोध हुन्छ। हामीलाई त यस्तो हिनताबोध‌ हुन्छ भने राजालाई कस्तो लाग्दो हो ? ओहो मेरो देशका नेताहरु भनेर। उनी नेताहरुका गतिविधिलाई नियाली रहेका छन्। राजाको अगाडी नेताहरुलाई लाज लागेन। राज्य संन्चालन यसैगरी गरिन्छ ? देश, समाज र जनताको अगाडी लोकलाजसम्म बिर्सिएको अबस्था छ।

बिदेशीको लहैलहैमा लागेर आफ्नो देशको अभिभाव, राजसंस्था हटायौं। हाम्रो गौरवपूर्ण ईतिहास गुमाउदै छौ। त्यसैले राजसंस्थालाई पुनर्स्थापना गरेर नेपाल र नेपालीको सम्मानको रक्षा गर्न ढिलो नगरौं। हाम्रा राजा हामी संगै छन। आफ्नो पुर्खाको ईतिहांस धरोहर जोगाउन लागौं। यसैमा देश, जनता र राजनितिक दलहरुको भविष्य सुरक्षित छ। संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रनै सबैभन्दा उत्तम ब्यबस्था हो। यदि बेलैमा नसच्चिए भोली पश्चाताप गर्ने मौका पनि गुम्न सक्छ। त्यसैले बेलैमा सोचौं। यसैमा सबैको भलाइ छ। पशुपतिनाथले यो देशको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...