News Portal

  • रास्वपाजनलाई रविको अपीलः ममाथि सरकारले अन्याय गर्नसक्छ, अलर्ट रहनुस्

    हिमालीसंचार संवाददाता
    २८७ पटक

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन्।

    सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले प्रष्ट भनेको अवस्थामा सरकारले संगठित अपराधमा फसाउने कोशिस गरिरहेको उनले आशंका व्यक्त गरे।

    नेता लामिछानेले दशैं, तिहार, छठ केही पनि नभनी अन्याय भएको खण्डमा न्यायको पक्षमा उभिन आग्रह गरे।

    ‘प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्व प्रधानमन्त्रीले, सबैले स्पष्ट र लेखेर भनिसकेपछि त्यहाँ चलखेल, संगठितमा राखियो भने भोलि राजनीति नै गर्न नपाउने बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यो ढंगले गलत क्रियाकलाप, त्यस्तो किसिमको षड्यन्त्र गर्न खोजिएको खण्डमा म साथीहरुलाई अलर्ट रहन अपील गर्न चाहन्छु। देशैभरीका, अन्याय गरेछन् भने। हिजो पनि अन्यायका विरुद्धमा सघाउनु भएको हो। आज पनि अन्याय गर्यो सरकारले भने दशैं, तिहार, छठ जेसुकै हुन्छ, अन्यायका विरुद्धमा आउनुहोला,’– सामाजिक सञ्जालमार्फत लाइभ बसेका लामिछानेले भने।

    साथै, कानुनी प्रक्रियालाई सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए। संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको र गोर्खा मिडियामा गएको पैसा परिचालनबारे प्रचलित कानुन बमोजिम कारबाहीको सिफारिस गरेमा आफूले जिम्मेवारी लिने पनि उनले बताए। कसैको राजनीति जोगाउन आफूलाई सिध्याउने खेल भइरहेको पनि उनले बताए।

    ‘कानुनी प्रक्रियामा मेरो पूर्ण साथ र समर्थन रहन्छ। कानुनलाई कहाँ सघाउनुपर्छ, मैले बयान दिनुपर्छ कि, म पोखरा जानुपर्छ कि ? कहाँ जानुपर्छ ? म तयार छु। म थुनिनुपर्छ कि ? म तयार छु। तर, सही मुद्दामा षड्यन्त्र गरेर होईन। झुक्काएर, छकाएर, छलेर होईन,’– उनले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...