News Portal

रविन्द्रले भने- राजसंस्था फर्काऔं, प्रचण्डले जवाफ दिए- सुत्ने बेलामा सोच्ने गरेको छु

हिमालीसंचार संवाददाता
३१९ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै पुगेर राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेटेका छन्।

पछिल्लोसमय सार्वजनिक कार्यक्रममै प्रचण्डको प्रशंसा गर्दै आएका मिश्रले आज खुमलटारस्थित निवासमै पुगेर भेट गरेका हुन्।

भेटमा वरिष्ठ उपाध्यक्ष मिश्रले भने, “अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईंहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।”

यसैगरी पूर्वप्रधानमन्त्री प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको बताए।

प्रचण्डको भनाइ उल्लेख गर्दै सामाजिक संजालमा मिश्रले लेखेका छन्, ‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छु। निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसक्यो।’

उनले थपे, ‘अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।’

मिश्रसँगको संवादमा प्रचण्डले आफू पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेर्दा पञ्चायतकालमा धेरै राम्रो काम भएको पाएको पनि बताएका छन्।

‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्।’ उनले भने।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...