News Portal

प्रधानमन्त्री ओलीसँगको भेटपछि मोदीले भने- हामी नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहन्छौं

हिमालीसंचार संवाददाता
२२१ पटक

काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको बैठकमा सहभागी हुनका लागि न्ययोर्कमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको लोट्टे प्यालेस होटलमा भेटवार्ता भएको छ।

स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल-भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्।

मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भयो। भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाएर अघि लैजान चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो।’

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका ओली न्युयोर्कमा रहेको अवसरमा मोदीसँग निकै प्रयासपछि होटलमा साइडलाइन वार्ता भएको थियो।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...