News Portal

ठकुरी सहयोग संजाल बाकेद्वारा प्रतिमा शर्मालाई एम.बिबि.एस.अध्ययनका लागि सहयोगको घोषणा

हिमाली संचार संवाददाता
१८८८ पटक

नेपालगंज : ठकुरी सहयोग संजाल बाकेद्वारा एम.बिबि.एस.अध्ययन सहयोगका लागि सहयोगार्थ रकम घोषणा गरिएको छ ।

सामुदायिक बिद्यालय ज्ञानोदय मा.बि.खजुरा बाकेबाट माध्यमिक शिक्षा पूरा गरि, त्रिभुवन बिश्वबिद्यालयबाट एम.बिबि.एस. प्रथम श्रेणिमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल खजुरा गा.पा. ४ डि गाउँ बाँकेकि १८ बर्षिया प्रतिमा शर्माले नाम निकाल्न सफल भएपनी घरको न्यून आर्थिक अवस्थाले सुरुमा लाग्ने परीक्षा शुल्क, खाना बस्ने खर्च समेत ब्यहोर्ने ठकुरी सहयोग संजाल बाँकेले घोषणा गरेको हो।

आर्थिक अबस्था कमजोर भएकोले उक्त सहयोगका लागि ठकुरी सहयोग संजाल बाँकेले गरिब जेहन्दार विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उदेश्य लिइ शैक्षिक परियोजनाका लागि ठकुरी परिवारहरुको घरमा मात्र खेलिएको देउसी भैलोबाट प्राप्त सहयोग संकलन रकमबाट केही सहयोग होस भन्ने उदेश्यका साथ उनको घरमा प्रतिमा शर्माका बुबाआमालाई भेटी ४ नम्बर वडाका वडाध्यक्षको रोहवरमा सहयोगार्थ रकम २११११ (एक्काईश हजार एक सय एघार ) रुपैयाँ सहयोग गर्ने घोषणा बाँके ठकुरी सहयोग संजालका अध्यक्ष दिपक बहादुर शाही गरेका हुन।

साथै शर्माको उज्ज्वल भबिस्यको शुभकामना दिदै सम्पुर्ण मनकारी मनहरूलाई प्रतिभाशाली शर्मालाई सहयोग गर्न ठकुरी सहयोग संजाल ५ नम्बर प्रदेशका संयोजक संयोग जंग शाहले अपिल समेत गरेका छन।

प्रतिमा शर्मा बुबा मदन ढुगाना र आमा सीता शर्माकि जेष्ठ सुपुत्री हुन।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...