News Portal

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आइतबार भेटवार्ता

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ। न्युयोर्कको स्थानीय समयअनुसार आइतबार (२२ सेप्टेम्बर) साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो।

नेपालले अघिल्लो हप्ता नै ओली–मोदी भेटवार्ताका लागि सो समय प्रस्ताव गरेको थियो। तर मोदी न्युयोर्क जाने/नजाने नै तय नभएको अवस्थामा भारतीय पक्षले नेपालको प्रस्तावबारे कुनै जवाफ दिएको थिएन।

‘भेटवार्ताको समय भने भारतीय पक्षसँगको सल्लाहमै प्रस्ताव गरिएको थियो’, परराष्ट्र मन्त्रालयले स्रोतले शनिबार बिहान नेपालखबरसँग भन्यो, ‘मोदी न्युयोर्क जाने पक्का भएपछि भारतीय पक्षले शुक्रबार (४ असोज) साँझ भेटवार्ताको कन्फर्मेसन दिएको छ।’

मोदी आज बिहान न्युयोर्क प्रस्थान गरिसकेका छन्। मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन त्यसतर्फ गएका हुन्।

संयुक्त राष्ट्रसंघको ७९ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्ने भएकाले पनि यसअघि मोदीको न्युयोर्क भ्रमणबारे संशय थियो। तर क्वाड राष्ट्रका नेताहरूको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी आज बिहान अमेरिका प्रस्थान गरिसकेका छन्।

बैठक सकेर मोदी आइतबार साँझ न्युयोर्क पुग्ने कार्यतालिका छ। न्युयोर्क पुगेसँगै स्थानीय समयअनुसार साँझ साढे ५ बजे नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ।

यसअघि मोदीको न्युयोर्क जाने/नजाने विषयमा संशयका साथै नेपालमा नयाँ सरकार बनेको दुई महिनासम्म पनि प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्तो नदिँदा ओली-मोदी भेटवार्ता निश्चित हुन सकेको थिएन।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...