News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गैरआवासीय नेपाली नागरिकता : राजनिती, संकिर्णता र यथार्थ

    सूर्य लम्साल
    ९३ पटक

    म अहिले नेपालमा छु। उदेश्यः अस्वस्थ, अशक्त बृद्द आमाको चौबिसै घन्टा हेरचाह गर्नु प्रमुख कारण छ। यसपटक सामाजिक कार्यको लागि समय दिन सक्ने अवस्था छैन।

    मैले पनि छ महिना अघि एनआरएनएको सम्मेलनमा नेपाल आऊदा गैरआवासीय नेपाली नागरिकता लिएको थिंए। यस पटक नेपाल आंऊदा एअरपोर्टको अध्यागमनमा मेरो “गैरआवासीय नेपाली नागरिक” लेखिएको नागरिकता देखांए। त्यहाँ बुथमा रहनुहुने सरकारी अफिसरले तपांईले भिसा लगाऊनुपर्छ भन्नुभयो। म नेपाली नागरिक हुं, भिसा लगाऊन पर्छ र भनि सोंधे। वंहाले “हामीलाई निर्देशन छैन भिसा फि तिरेर आऊनुस” भन्नुभयो। मैले संबिधानले दिएको अधिकारको कुरा ऊठांए। वरपरकै बुथका अफिसर पनि जम्मा हुनुभयो र मलाई भन्नुभयो “यो नागरिकता बोकेपनि तपांई नेपाली नागरिक हैन”। मैले सोधें “म एनआरएनए अमेरिकाको नेतृत्वमा छु, मेरा लागि हैन, मैले अमेरिकाका एनआरएनलाई जवाफ दिनुपर्छ – यो नागरिकता बोक्नेले भिसा लगाऊनुपर्छ भन्ने कुनै परिपत्र भए दिन सक्नुहुन्छ ?” वहांहरुले भन्नुभयो “बिभाग जानुस र लिनुस”। जे होस मलाई वहांहरुको जवाफ अप्रत्यासित र अचम्मित लाग्यो।

    संबिधानले दिएको अधिकार प्रयोग गरि लिएको नेपाली नागरिकता बाहक मैले भिसा फी तिरेर भिसा लगाई आफ्नो देश छिरें। म नेपाली नागरिक हुं कि होईन खै ? हो भनौ भने अफिसरले हैन भन्नुभयो। हैन भनौं भने नेपाली नागरिक लेखेको नागरिकता मै संग छ। त्यो फेरि छ महिना अघि मात्र नेपाल सरकारले संबिधानत दिएको। अब यसको निचोड निकाल्न बहस चलाऊनु छ, एक्सन लिनुछ। यो बिषय एनआरएनको लागि एकदमै पेचिलो र संबेदलशील बनेको छ। केही सान्दर्भिक प्रश्न र मेरा ब्यक्तिगत (संस्थागत हैन) जवाफ तल छन।

    १) किन लियौ त बिदेशी नागरिकता ?

    सबैका आ-आफ्ना कारण होलान। मैले पनि आफ्नो प्रोफेसनल कैरियरको प्रतिस्पर्धामा आवश्यकता भएर लिंए। तर पेचिलो कुरा यो छ कि अमेरिकन नागरिकता लिने समयमा मैले स्पष्ट सोधें “के मैले अमेरिकन नागरिकता लिदां नेपाली नागरिकता त्याग्न पर्छ?” ऊत्तर थियो “पर्दैन”। यसले मेरो नागरिकता लिने भावनात्मक बाटो खुला गरेको थियो।

    २) बिदेशी नागरिकता लिदा नेपाली नागरिकता स्वत निष्कृय हुन्छ भन्ने थाह थिएन ?

    यो बिषय बिगतका केही बर्षभित्र मात्र बहसमा ल्याईएको हो। पहिले यस बिषयमा कुनै छलफल वा निर्देशन दिईएको थिएन। अमेरिकाले आफ्नो देशको नागरिकता दिंदा नेपालको नागरिकता त्याग्न पर्ने कुनै प्रावधान राखेको थिएन र मलाई लाग्छ अहिले पनि छैन।

    ३) किन लिन पर्यो “गैर आवासिय नेपाली नागरिकता” ? साथमा भएको पुरानै नेपाली नागरिकता चलाए भैगो नि।

    त्यस्तो गर्नु नेपालमा गैरकानुनी हो।

    ४) पुरानो नेपाली नागरिकता प्रयोजन गर्न पनि नपाईने, गैर आवासिय नेपाली नागरिकता पनि नचल्ने। नेपालमा कारोबार कसरी गर्ने त ?

    प्रश्नै यही हो। यसको ऊत्तरको खोजीमा हामी छौं। दुर्भाग्यवस अहिले टुटेको फुटेको, जबर्जस्ती चुनाबी नतिजा हत्याऊन पर्ने र खादामालाको राजनितीमा रमाऊने एनआरएनए पहिले यसै बिषयमा पहल गर्न भनेर जन्मेको र बांचेको थियो।

    ५) २०७२ को संबिधानमा गैर आवासीय नागरिकलाई “राजनिती बाहेक सबै अधिकार पाऊने” भन्ने लेखिएको थियो। अहिले त परिभाषा बदलिएछ किन र कसरी ?

    यसको ऊत्तर कानुन बिज्ञले नै दिऊन। मलाई पनि आश्चर्य लागेको छ।

    ६) के बिदेशी नागरिकता लिएका एनआरएनलाई नेपालमा खुलमखुल्ला राजनिती गर्ने अघिकार दिन पर्छ वा दिन हुन्छ ?

    मेरो बिचारमा दिनु हुदैन। यसले राष्ट्रको सिद्दान्तमा कन्फ्लिक्ट हुन्छ।

    ७) त्यसो भए केही गैर आवासीय नेपाली “पुर्ण अधिकार सहितको दोहोरो नागरिकता” मा किन रटान गरिरहनुभएको होला ?

    वंहाहरुको तर्कले पुरै समस्या र समाधानको बिश्लेषण गरेको छ जस्तो लाग्दैन। नेपालमै जन्मेका र बंशजको नागरिकता भएकाको नागरिक हक किन निष्कृय पार्ने भन्ने तर्क वहांहरुको हो।

    ८) “गैर आवासीय नेपाली नागरिकता” र “दोहोरो नागरिकता” मा के फरक छ ?

    नेपालको हीत वा प्रयोजनका लागि बिदेशका नेपालीको हकमा माथि ऊल्लेखित दुबै बाक्यांश संबिधानत एऊटै हो जस्तो लाग्छ। तर, यसका लागि गैर आवासीय नागरिकताका अधिकारका बारेमा स्पष्टता भने आऊनैपर्छ।

    ९) “गैर आवासीय नेपाली नागरिकता” र “नेपाली नागरिकताको निरन्तरता” मा के फरक छ ?

    यसको ऊत्तर न दिनेलाई थाह छ न माग्नेलाई। यो अहिले सम्म हावैहावामा चलेको बहस जस्तो लाग्छ। सायद कसैलाई आफ्नो पुरानो बंशजको नेपाली नागरिकता कहिल्यै त्याग्न नपरे हुन्थ्यो भन्ने हुनसक्छ। अर्थात प्रकृयागत रुपमा सुधार गरि बिदेशी नागरिकता लिनेको पुरानै नेपाली नागरिकतालाई केही अंकुश लगाई प्रयोग गर्न दिए हुन्थ्यो भन्ने हुनसक्छ। अर्थात नेपालमै जन्मेकालाई सधैं नेपालको नागरिक रहन पाऊने अधिकारबाट बंचित नगरे हुन्थ्यो भन्ने हुनसक्छ। यी सबै भावनात्मक कुरा भए। तर, यदि, गैर आवासीय नागरिकता त्यागेमा पुन पुरानो बंशजको नागरिकता दिईने भन्ने जुन ड्राफ्ट छलफलमा थियो अर्थात रबी लामिछानेको मुद्दाले एक प्रकारको नजीर स्थापना गरायो, त्यसबाट गैर आवासीय नेपाली नागरिकता र नेपाली नागरिकताको निरन्तरतामा तात्विक फरक देखिदैन। हो, दोश्रो र त्यसपछिका पुस्ताका लागि भने यो फरक हुन्छ। बिदेशमा बसेका नेपालीका भावी सन्तति सबै नेपाली नागरिक रहिरहन पर्छ भन्ने तर्क आज गर्न नसुहाऊला। तर पनि नेपाली नागरिकताको निरन्तरताका बिषयमा तर्क गर्ने अरु प्रशस्त ठांऊ छन। तर्क गर्न नछाडौं । यदि हालको पुर्ण प्रयोजन सहितको गैर आवासीय नेपाली नागरिकताले भन्दा पुरानो नेपाली नागरिकताको निरन्तरताले नेपाललाई बढी फाईदा पुग्छ भने १, २, ३ के हुन बहसमा ल्याऊन नछाडौं। तर लामो समयदेखि नेपालमा कारोबार गर्न कुरिबसेका एनआरएनलाई हाल पकेटमा रहेको गैर आवासीय नागरिकता र यसका अधिकारलाई ओझेलमा पार्दै सपनामा रहेको निरन्तरता चाहियो भन्दै कराऊनुले ठुलो पिडा मात्र दिएको छ।

    १०) भोलि हैन आज के गर्ने ? गैर आवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयन गराऊने कि यसलाई चटक्कै छाडेर वा बिरोध गरेर सपनाको निरन्तरतामा लाग्ने ?

    सपना देख्न नछाडौं। बिपनामा बाचौं। गैर आवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयन गराऊन आज तातौं र गैर आवासीय नेपालीका तत्कालका समस्या समाधान गरौं, राष्ट्र बिकासमा गैरआवासीय नेपालीबाट प्रत्यक्ष रुपमा टेवा दिऊं।

    ११) गैर आवासीय नेपाली नागरिकताको पुर्ण कार्यान्वयन गर्ने गराऊने कसले होला ?

    नेपालका कानुन निर्माता र सरकारले।

    १२) नेपाल सरकारले किन नगरेको होला ?

    किनकी यसमा राजनिती मिसिएको छ।

    १३) बिदेशमा रहेका नेपाली राजनितीक पार्टीका भातृ संगठनले यसमा पहल गर्न सक्छन ?

    सक्छन। उनिहरुपनि एनआरएन हुन। गर्ने नै ऊनिहरुले हो किनकी ऊनिहरुसंग नेपालका राजनैतिक नेतृत्व ब्यक्तिगत र सांगठानिक रुपले नजिक छन र भनेको पनि सुन्छन।

    १४) अनि किन पहल गर्दैनन त ?

    गर्दैनन किनकि यसैमा राजनिती गर्न पाईन्छ। गरे त खेल सकिगयो नि।

    १५) लाटोले पनि बुझ्ने, संबिधानको पालना सबैले गर्न पर्दैन र ?

    पर्छ।

    १६) संबिधानमा गैर आवासीय नेपाली नागरिकता बाहकलाई राजनैतिक र प्रशासनिक (पछि थपिएको) बाहेक सबै अधिकार छ त ? अनि किन पालना नभएको ?

    ऐन कानुन, नियमावली र निर्देशन सबै बनिसकेको छैन रे।

    १७) कहिले बन्छ त सबै ?

    खै ?

    १८) खै भनेर हुन्छ र ? संबिधानले के भन्छ ?

    कति सोधि रहेको ? गैरआवासीय नेपाली नागरिकता बाहकलाई राजनैतिक र प्रशासनिक बाहेक सबै अधिकार छ भन्छ त।

    १९) लौ अब के गर्ने त ?

    दुईवटा उपाय (१) नेपालका राजनैतिक दल सॅग एनआरएन (भातृसंगठन लगायत सबै सॅस्थाहरु र बिदेशी नेपाली सबै) छलफल गर्ने, पहल गर्ने, दबाब दिने। फोटो खिचेर फेसबुकमा राख्न मात्र मन्त्रीहरुसंग नभेटने। (२) कानुनी निकायसंग यसको ऊत्तर खोज्ने र बुझ्ने।

    २०) तपांईलाई बिश्वास छ कि कानुनी निकायले सही मुल्यांकन गर्नेछन ?

    अवश्य। संबिधानको मर्म त्यी निकायले नै बुझ्नेछन। तर अझै झिनो आशा छ, राजनैतिक पार्टीले र सरकारले गैरआवासीय नागरिकताको महत्व बुझि तुरुन्तै संबिधानको पालना गर्ने गराऊनेछन।

    २१) अन्तमा जादै गर्दा प्रश्न, गैर आवासीय नागरिकताले नागरिकता बाहकलाई बढी फाईदा हुन्छ कि नेपाल देशलाई ?

    नेपाल देशलाई, यो बुझ्न नेपालका राजनैतिक नेतृत्व बर्गलाई केही समय लाग्नेछ।

    प्रतिकृया दिनुहोस्

    गैरआवासीय नेपाली नागरिकता : राजनिती, संकिर्णता र यथार्थ

    म अहिले नेपालमा छु। उदेश्यः अस्वस्थ, अशक्त बृद्द आमाको चौबिसै घन्टा हेरचाह गर्नु प्रमुख कारण...

    देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ : रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष...

    दुर्गा प्रसाईलाई पक्राउ पूर्जी किन ?

    काठमाडौं। आज संबिधान दिवस सरकारी पक्षबाट मनाईदै छ। शाहि सैनिक मन्चबाट महामहिम राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक...

    राजेन्द्र महतोको नेतृत्वमा जलाइयो संविधान

    काठमाडौँ। आज राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाले माइतीघर मण्डलामा विरोध प्रदर्शनको...

    प्रस्तावित राजदूतको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटेपछि समितिमा खैलाबैला

    काठमाडौं। श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र...