News Portal

  • किन गए माधव नेपाल दिल्ली ?

    हिमालीसंचार संवाददाता
    २०९ पटक

    काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल यतिबेला भारतको नयाँ दिल्लीमा छन्।

    उनी शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली गएका हुन्। भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन उनी नयाँ दिल्ली गएको पार्टीका एक पदाधिकारीले जानकारी दिए।

    ‘शुक्रबार बेलुकी नै जानुभएको हो,’ ती पदाधिकारीले भने, ‘अन्तिम संस्कारमा सहभागी भएर एक दुई दिनभित्रै फर्कने कुरा छ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको अन्य भेटघाटका कार्यक्रम भने तय नभएको ती पदाधिकारीले बताए।

    दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका यचुरीको बिहीबार निधन भएको थियो।

    उनको शरिर अन्तिम संस्कारका लागि पार्टी मुख्यालयमा राखिएको छ। यचुरीको अन्तिम संस्कारमा सहभागी हुन नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाउने निर्णय पार्टी बैठकबाटै गरेको थियो।

    येचुरी अगस्ट २९ सम्म सामाजिक सञ्जालमा सक्रिय थिए। येचुरी सन् १९९२ देखि सीपीएमको पोलिटब्यूरोको सदस्य थिए।

    यसअघि, उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाको सांसद थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...