News Portal

समाजवादीका नेतालाई कारबाही गर्न एमाले नेतृ चौधरीकाे माग

हिमालीसंचार संवाददाता
३४४ पटक

काठमाडौँ। नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही हुनुपर्ने बताएकी छन्।

मेटमणिले एक टेलिभिजन अन्तर्वार्तामा ‘देशविरोधी’ अभिव्यक्ति दिएकाले उनलाई कारबाही हुनुपर्ने माग पूर्वसांसद शान्ताले गरेकी हुन्।

केही दिनअघि टीभी अन्तर्वार्ताका क्रममा एकीकृत समाजवादीका उपमहासचिव मेटमणिले नेपालको नक्सामा समेटिएका लिम्पियाधुरा, कालापानी, लिपुपलेकमा भारतको अधिकार भएको भनेपछि उनको आलोचना भइरहेको छ।

आफूले पनि त्यस्तो बोल्न नहुने भन्दा मेटमणिले आफूलाई ‘अचारवाली’ भनेर अपमान गरेको गुनासो शान्ताले गरेकी छन्।

‘जो चोर उसैको ठूलो स्वर भनेजस्तो मेटमणिजी मेरो बदख्वाइँ गर्न लाग्नुभएछ। कालापानी भारतको हो भन्दै टेलेभिजनमा बोल्ने मेटमणिलाई त्यस्तो बोल्नु राम्रो होइन भन्दा मलाइ अचारवाली भनेर तुच्छ वचन बोल्नुभएछ’, शान्ताले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘महिला उद्यमीहरूप्रतिको उहाँको धारणा कति दुर्गन्धित रहेछ। म एउटा राजनीति गर्ने मान्छे स्वाभिमानयुक्त राजनीतिको लागि उद्यमशीलता आवश्यक छ भनेर लागेको छु। विदेशीको दलाली गरेर देशको सार्वभौमिकताप्रति खेदो खन्ने काम मैले गरेको छैन।’

उनले अगाडि लेखेकी छन्, ‘कि तपाईंजस्तै विदेशी कुँडो खाएर देशविरुद्ध बोल्दै हिँड्नु माननीयज्यू ? देशविरोधी तपाईंका अभिव्यक्तिप्रति तपाईंलाइ कारबाही हुनुपर्छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...