News Portal

समाजवादीका नेतालाई कारबाही गर्न एमाले नेतृ चौधरीकाे माग

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौँ। नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरीले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही हुनुपर्ने बताएकी छन्।

मेटमणिले एक टेलिभिजन अन्तर्वार्तामा ‘देशविरोधी’ अभिव्यक्ति दिएकाले उनलाई कारबाही हुनुपर्ने माग पूर्वसांसद शान्ताले गरेकी हुन्।

केही दिनअघि टीभी अन्तर्वार्ताका क्रममा एकीकृत समाजवादीका उपमहासचिव मेटमणिले नेपालको नक्सामा समेटिएका लिम्पियाधुरा, कालापानी, लिपुपलेकमा भारतको अधिकार भएको भनेपछि उनको आलोचना भइरहेको छ।

आफूले पनि त्यस्तो बोल्न नहुने भन्दा मेटमणिले आफूलाई ‘अचारवाली’ भनेर अपमान गरेको गुनासो शान्ताले गरेकी छन्।

‘जो चोर उसैको ठूलो स्वर भनेजस्तो मेटमणिजी मेरो बदख्वाइँ गर्न लाग्नुभएछ। कालापानी भारतको हो भन्दै टेलेभिजनमा बोल्ने मेटमणिलाई त्यस्तो बोल्नु राम्रो होइन भन्दा मलाइ अचारवाली भनेर तुच्छ वचन बोल्नुभएछ’, शान्ताले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘महिला उद्यमीहरूप्रतिको उहाँको धारणा कति दुर्गन्धित रहेछ। म एउटा राजनीति गर्ने मान्छे स्वाभिमानयुक्त राजनीतिको लागि उद्यमशीलता आवश्यक छ भनेर लागेको छु। विदेशीको दलाली गरेर देशको सार्वभौमिकताप्रति खेदो खन्ने काम मैले गरेको छैन।’

उनले अगाडि लेखेकी छन्, ‘कि तपाईंजस्तै विदेशी कुँडो खाएर देशविरुद्ध बोल्दै हिँड्नु माननीयज्यू ? देशविरोधी तपाईंका अभिव्यक्तिप्रति तपाईंलाइ कारबाही हुनुपर्छ।’

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...