आज बेस्सरी रोयो नेपाली पन
सपनाबाट चिमोट्दै छ सँस्कृति र सँस्कार
तिजका ति मादलहरु
खोज्दै छन ति चाँपहरु जो कुरकुच्चा उठाएर
नाँच्ने ति तालहरु
साउने सन्नाटालाइ चिर्ने त्यो
आँगनिको दियालो
हिले त्यो आँगनि सिमेन्टको लेपले
चिल्लो भएछ मान्छेको मन जस्तै
बरन्डामा लगाइएको गुन्द्री चट्टाइ भएर होला साहेद, सुकुल पनि मुडा बनेर होला मन पनि मुडा बनेको
सासुबुहारीका घोचपेचका दोहरी भाखाहरु
तेसैले त रोयो नेपाली पन…!
साउने र भदौरे झरी को उन्माद मा
बेफिक्री घुम्ने मेरो नेपाली पन
भुल्यौ र त रोयो नेपाली पन
चुइचुइ टरर टरकने काठेपिङ्ग
चौउर भरी पोखिने रातो हरियो साडिका सप्कारु कथा बनि सकेछ
एक छुट्टै उमंग हो बहार झै त्यो जोर मादलु घन्काएर अनि ढल्कि ढल्कि नाच्ने त्यो रातामाटा को चौउर
आज तेइ भएर त रुन्छ नेपाली पन
सेल्फी को जमानाले साँच्चै हामीलाई सेल्फिस नै बनायर छाडेछ
मादलका बर्ता चुडेछन् गोठि छरेछ
छमछम छमकने चाँपका गेडि झरे छन्
र त रुन सम्म रोयो मेरो नेपाली पन…!
– तपीकुमार सिंह ठकुरी