News Portal

‘रोयो नेपाली पन’

हिमालीसंचार संवाददाता
५९१ पटक

आज बेस्सरी रोयो नेपाली पन
सपनाबाट चिमोट्दै छ सँस्कृति र सँस्कार
तिजका ति मादलहरु
खोज्दै छन ति चाँपहरु जो कुरकुच्चा उठाएर
नाँच्ने ति तालहरु
साउने सन्नाटालाइ चिर्ने त्यो
आँगनिको दियालो
हिले त्यो आँगनि सिमेन्टको लेपले
चिल्लो भएछ मान्छेको मन जस्तै
बरन्डामा लगाइएको गुन्द्री चट्टाइ भएर होला साहेद, सुकुल पनि मुडा बनेर होला मन पनि मुडा बनेको
सासुबुहारीका घोचपेचका दोहरी भाखाहरु
तेसैले त रोयो नेपाली पन…!
साउने र भदौरे झरी को उन्माद मा
बेफिक्री घुम्ने मेरो नेपाली पन
भुल्यौ र त रोयो नेपाली पन
चुइचुइ टरर टरकने काठेपिङ्ग
चौउर भरी पोखिने रातो हरियो साडिका सप्कारु कथा बनि सकेछ
एक छुट्टै उमंग हो बहार झै त्यो जोर मादलु घन्काएर अनि ढल्कि ढल्कि नाच्ने त्यो रातामाटा को चौउर
आज तेइ भएर त रुन्छ नेपाली पन
सेल्फी को जमानाले साँच्चै हामीलाई सेल्फिस नै बनायर छाडेछ
मादलका बर्ता चुडेछन् गोठि छरेछ
छमछम छमकने चाँपका गेडि झरे छन्
र त रुन सम्म रोयो मेरो नेपाली पन…!

– तपीकुमार सिंह ठकुरी

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...