News Portal

  • बझाङले जन्माएका ४ छोरीहरु साइपाल हिमाल उक्लँदै

    ६११ पटक

    बसन्तप्रताप सिंह
    सुर्खेत : हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल मध्येको एक साइपाल हिमालको बेसक्याम्प आरोही र सहयोगीहरुको चहलपहलले गुल्जार बनेको छ ।

    बझाङ जिल्लाका कसैले पनि हालसम्म कुनै हिमाल आरोहण गरेका छैनन् । जिल्ला मै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका हुन् ।

    उनीहरुले बझाङ जिल्लामा रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको १८ गते आसपासमा आरोहण गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।

    उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।

    आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको टोली समेत रहेको छ । आरोहण दल करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकुल हुने वित्तिकै हिमाल आरोहणको प्रयास गरिने एक जना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए ।

    ‘औंलागाड क्षेत्र झिलिमिली भएको छ,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘पाटनभरी टेन्ट र पताका टाँगिएका छन् । आरोहीहरुलाई सहयोग गर्ने भरिया र सहयोगीको लस्कर बाटै भरी छ । एउटा मान्छे पनि भेटन मुश्किल हुने यो सिजनमा यहाँको रौनक नै बेग्लै देखिएको छ ।’

    उनले आरोहण दललाई सहयोग गर्नका लागि १ सय ५० जना भन्दा बढी स्थानीय भरियाहरु पनि समुन्द्र सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको बेसक्याम्प सम्म पुगेको बताए ।

    आफूहरुको हिमाल चढने सपनालाई जिल्लावासीले गरेको स्वागतले थप बल पुऱ्याएको नवआरोहीहरुले बताएका छन् । ‘हामी इतिहास रच्ने कुरामा विश्वस्त छौं,’ आरोही मध्येकी एक लक्ष्मी बुढाले भनिन्, ‘जिल्लावासीले गरेको सम्मान र स्वागतले हाम्रो आँट झन बलियो भएको छ ।’ कान्तिपुर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...