News Portal

बझाङले जन्माएका ४ छोरीहरु साइपाल हिमाल उक्लँदै

७१० पटक

बसन्तप्रताप सिंह
सुर्खेत : हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल मध्येको एक साइपाल हिमालको बेसक्याम्प आरोही र सहयोगीहरुको चहलपहलले गुल्जार बनेको छ ।

बझाङ जिल्लाका कसैले पनि हालसम्म कुनै हिमाल आरोहण गरेका छैनन् । जिल्ला मै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका हुन् ।

उनीहरुले बझाङ जिल्लामा रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको १८ गते आसपासमा आरोहण गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।

उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।

आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको टोली समेत रहेको छ । आरोहण दल करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकुल हुने वित्तिकै हिमाल आरोहणको प्रयास गरिने एक जना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए ।

‘औंलागाड क्षेत्र झिलिमिली भएको छ,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘पाटनभरी टेन्ट र पताका टाँगिएका छन् । आरोहीहरुलाई सहयोग गर्ने भरिया र सहयोगीको लस्कर बाटै भरी छ । एउटा मान्छे पनि भेटन मुश्किल हुने यो सिजनमा यहाँको रौनक नै बेग्लै देखिएको छ ।’

उनले आरोहण दललाई सहयोग गर्नका लागि १ सय ५० जना भन्दा बढी स्थानीय भरियाहरु पनि समुन्द्र सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको बेसक्याम्प सम्म पुगेको बताए ।

आफूहरुको हिमाल चढने सपनालाई जिल्लावासीले गरेको स्वागतले थप बल पुऱ्याएको नवआरोहीहरुले बताएका छन् । ‘हामी इतिहास रच्ने कुरामा विश्वस्त छौं,’ आरोही मध्येकी एक लक्ष्मी बुढाले भनिन्, ‘जिल्लावासीले गरेको सम्मान र स्वागतले हाम्रो आँट झन बलियो भएको छ ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...