News Portal

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

हिमालीसंचार संवाददाता
५५१ पटक

भक्तपुर। भक्तपुरस्थित गठ्ठाघरमा मालवाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा मृत्यु भएको महिलाको पहिचान खुलेको छ।

उक्त महिला दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपाली रहेकी छन्। सुस्मा काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन्।

उनीको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले ठक्कर दिएको थियो। स्थानीयका अनुसार सुस्मालाई ट्रकले लतारेर ल्याएको र ब्याक गरेर किचेको हो।

यो पनि पढ्नुहोस्।

– गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

– गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

प्रहरीले दुर्घटनापछि ट्रक चालक फरार रहेको बताएको छ। उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...