News Portal

गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

हिमालीसंचार संवाददाता
३५६ पटक

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन्।

त्यस्तै, स्कुटी चालक अन्दाजी २०–२५ वर्षीय पुरुष भएको पनि कार्कीले बताए। यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो। यद्यपी मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्थानीयको भीडलाई नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्यास पनि प्रहार गरिएको कार्कीले जनाएका छन्।

बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ। ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...