News Portal

गठ्ठाघर दुर्घटनामा ट्रक चालक पक्राउ: मृतक पुरुष भएको प्रहरीको भनाइ, सनाखत हुन बाँकी

हिमालीसंचार संवाददाता
३८५ पटक

काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन्।

त्यस्तै, स्कुटी चालक अन्दाजी २०–२५ वर्षीय पुरुष भएको पनि कार्कीले बताए। यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो। यद्यपी मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्थानीयको भीडलाई नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्यास पनि प्रहार गरिएको कार्कीले जनाएका छन्।

बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ। ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...