काठमाण्डौ। बंगलादेश आज रणभूमिमा परिणत भयो। त्यहाँका हिन्दू धर्मावलम्बीहरुमाथि निर्मम हत्या गरिएको छ। हजारौंको संख्यामा हिन्दूहरु मारिएका छन्। अत्याचारले सिमा नाघि सक्यो। दक्षिणी सार्क राष्ट्रहरु उक्त अत्याचारबिरुद्ध सरकारी रुपमा कोही बोलेको र संयुक्त राष्ट्रसंघसमेत मौन रहेको पाइन्छ। नेपाल धर्म निरपेक्ष भएकोले होला बोलेको छैन। भारतले मुस्किलले प्रधानमन्त्री सेख हसिनालाई आरक्षण त दिएको छ। त्यो पनि अस्थाई रुपमा।
सन् १९७१ मा स्वतन्त्र भएको बंगला देश जस्का निर्माता सेख मुजिहबुर रेहेमान जस्लाई बंगाली जनताले राष्ट्रपिताको नामले पुकार्थे। बंगलादेश निर्माणमा उनको जति योगदान छ। सायद अरु को होला ! सिगों पाकिस्तान हूदां राष्ट्रपति मोहमद अलि जिन्ना नै थिए भने पाकिस्तान टुक्रिएपछि बनेको बंगलादेशको पहिलो राष्ट्रपति सेख मुजिहबुर रेहेमान भए। बंगलादेश स्वतन्त्र भएको थोरै समयमै उनको हत्या बर्षको उमेरमै सन् १५ अगस्ट १९७५ मा सेनाद्वारा सब परिवार, ८ बर्षका बालकसमेतलाई मारियो। उनका परिवार मात्र हैन आफन्तहरुसमेत निर्ममताका साथ मारियो मात्र दुईओटी छोरी बिदेशमा पढिरहेका कारण बांचेका हुन्। नत्र उनिहरु पनि मारिएको अबस्था हुने थियो। बेलायतमा पढ्दै गरेकि सेख हसिनाले आफ्नो बुबाको पार्टी अवामी लिग समाल्दै प्रधानमन्त्री भएर देशमा उदारवादी भावना अनुरुप काम गर्दै आएको, सबै धर्म संस्कृतिप्रती उदार भाब राख्दै हिन्दूहरू पनि हाम्रै जनता हुन भन्ने ब्यबहार गर्दै आएको देखिन्छ। आफ्नो १५ बर्षको शासनकालमा धेरै राम्रो काम गरेको भएयता पनि प्रतिपक्ष, स्वतन्त्र न्यायालय र प्रतिपक्ष सहभागी नभएको एकलौटी निर्वाचनमा जाने प्रबृत्तिले गर्दा र २० देखी ३० प्रतिशतले यूवा बेरोजगार बढ्दै जांदा उनको शासनले समस्या सामाधानको लागि ध्यान नपुर्याएको हुँदा जन-आक्रोशका कारण सत्ताच्यूत भएर देशै छाड्नुपर्ने अबस्थामा पुगिन। यो छिमेकी राष्ट्रहरूको लागी शुभ संकेत होईन।
“राष्ट्र निर्माता पृथ्वीनारायण शाहका बंशज शाह बंशीय ईतिहासलाई बाहिर राखेर निषेधको राजनितिले देश सुरक्षित हुन सक्दैन राष्ट्रिय एकताका प्रतिक राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र सभ्यताको एक मात्र परिचय बैदिक सनातनी हिन्दु राजसंस्थालाई बाहिर राखेर हैन राष्ट्र निर्माणमा एकजुट भएर देश निर्माणमा अगाडी बढनुमै सबै नेपालीहरुको कल्याण हुने छ। राजा सिंहासनमा मात्र छैनन् तर राजा आफ्नै देशमै भएकोले नेपाल र नेपालीहरु अहिलेसम्म सुरक्षित छन्।”
अहिले उनलाई राजनितिक आरक्षण दिने देश नभएको अबस्था छ। सेख हसिनालाई आरक्षण नदिन भारतलाई चौतर्फि दवाव परिरहेको भन्ने समाचार आएको सुनिन्छ। बंगलादेशमा शनातनी हिन्दु धर्मावलम्बीहरुप्रति भएको अत्याचारले सिमा नाघी रहदा सार्क सदस्य राष्ट्रहरू मौन भएको देख्दा भोलि नेपालीहरु पनि त्यो अबस्थामा नपुग्लान भन्न सकिन्न कारण नेपालमा पश्चिमाहरुको बढदो दबदवा र अमेरिकी हस्तक्षेपकारी भूमिका तिब्र गतिमा बढदो इसाई धर्मान्तरणनले नेपाल धेरै असुरक्षित अबस्थामा पुगि सकेको छ।
दक्षिणी मूलुकहरुमा बिकसित शक्ति राष्ट्रहरुले यस्तै हस्तक्षेपकारी भूमिका खेल्न सक्ने र बिकासुन्मुख राष्ट्रहरुलाई आफ्नो स्वार्थका लागि प्रयोग गरेर अशान्ति, असुरक्षा बढाउन सक्छन्। त्यस्तो अबस्थामा सबै भन्दा पहिला दक्षिणी मूलुकहरु असुरक्षित हुनसक्छन् भन्ने उद्देश्यले तत्कालीन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाहदेबले एकता, सदभाव र सुरक्षालाई दृष्टिगत गर्दै सार्क राष्ट्र स्थापनाको अबधारणा ल्याए। जस्को स्थापना विक्रम सम्वत २०४२ मंसिर २३ गते आईतवार (सन् Dec 8, 1985) मा बंगलादेशको ढाकामा पहिलो सार्क सम्मेलन भयो। जस्मा ८ सदस्य राष्ट्रहरू नेपाल,भारत, पाकिस्तान, बंगलादेश,श्रीलंका, माल्दिभ्स र अफगानिस्तान समेत रहेका सार्कको प्रमुख कार्यालय नेपालमा रह्यो।
०६२/६३ को आन्दोलनपछि राजसंस्था हटाईयो र सार्क कमजोर हुदै जांदा केहि बर्षको अन्तरालमा ०७० को निर्वाचनपछि बनेको स्व. सुशील कोइरालाको प्रधानमन्त्रित्वको बेला नेपालमा सार्क सम्मेलन भएपछि २/२ बर्षमा हुनुपर्ने सम्मेलन आजसम्म भएको छैन। जस्ले गर्दा आज दक्षिणी सार्क मूलूकहरु कमजोर हुदै छन्। यो सबै पश्चिमा र अमेरिकन कुटनितिले खेलेको भूमिका हो। त्यस्लाई भारतले पूर्ण साथ दिएको छ। कारण भारतको पाकिस्तानसंगको दुस्मनीका कारण सार्क सम्मेलन अलपत्र हुन पुग्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनातनी हिन्दु भईकन पनी उनकै पार्टिको नेतृत्वकालमा हिन्दु राजसंस्था भएको नेपाल र छिमेकी मुलुकहरु सबै भन्दा बढि असुरक्षित भएका छन्। छिमेकीहरुलाई असुरक्षित बनाएर भारत मात्र सफल राष्ट्र अबस्य पनि हुन सक्दैन किनकि भारत पनि आन्तरिक दन्दमा फस्दै गएको छ। जस्तो मणिपुर, केरला, कार्गिल र कास्मिर समस्या, जुन बिकराल बन्दै जाने अबस्थामा देखिन्छ। नेपालसंगको सिमा बिवाद कालापानी, महाकाली, सुस्ता, इलामको पशुपतिनगर र झापालगायतका बिभिन्न भागका सिमा बिवाद मिलाएको छैन। त्यहि सामाधानका लागि बनाईएको दुई देशिय आयोगले बनाएको (ईपिसी) रिपोर्ट आजसम्म भारतले बुझेको छैन। भारतको छिमेकी मूलुकलाई हेर्ने दृष्टिकोण गलत देखिन्छ। समग्रमा भन्नुपर्दा भारतप्रति छिमेकी मुलुकहरु पनि खुसी छन् भन्न गारो छ।
भारत, पश्चिमा र अमेरिकी पिछलघु बन्नु भन्दा छिमेकी र एसियाली मुलुकहरुप्रति सकारात्मक हुन सके मात्र भारत बलियो हुन सक्छ। त्यो सोच राख्न जरुरी छ। अहिले सबै देश र भारतलाई एनजिओले एनजिओ करण गर्दै प्रयोग गरिरहेको छ। उदाहरण बंगलादेशलाई हेर्न सकिन्छ। अहिले एनजिओबादी ब्यक्तिको अन्तरिम सरकार बनाईएको छ। जस्मा सबै भन्दा ठूलो दल अवामी लिगलाई समाबेस गरिएन त्यो राम्रो संकेत होईन। हिजो मात्र प्रधानमन्त्री शेष हसिनाले भनेकी छिन्। यदि आफुले अमेरिकाको माग (सेन्ट मार्टिन र बंगालको खाडी) अमेरिकालाई दिन तयार भएको भए आफ्नो सत्ता पल्टिने थिएन। त्यसैले आफु राष्ट्रबादी भएको देश बेच्न नसकेको कारणले अमेरिकाले आफुलाई सत्ता च्यूत गर्दै देशैबाट निकाल्ने हर्कत गरेको भन्ने आरोप लगाएकी छन्। र आफु अब छिट्टै देश फर्कने र निर्वाचनमा भाग लिने पनि बताएकी छन्। नेपालका नेताहरुले पनि आफु सत्तामा टिकिरहन यहि गर्दै आएका छन्। एकदिन देशै बेच्न पनि पछि पर्ने छैनन्। जस्ले बिदेशीको जुठो पुरा खादै आएका छन्। बंगलादेशको दुर्गतिलाई हेरेर अब नेपाली जनताले नै देश बचाउनुपर्छ। देश र देशबासीको मुहार फेर्न अबस्था बदल्न, ब्यबस्था नफेरी सुखै छैन।
त्यसैले नेपालका पार्टिहरु र पार्टिका नेताहरुले यो कुरा छिटो बुझन जरुरी छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहका बंशज शाह बंशीय ईतिहासलाई बाहिर राखेर निषेधको राजनितिले देश सुरक्षित हुन सक्दैन राष्ट्रिय एकताका प्रतिक राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र सभ्यताको एक मात्र परिचय बैदिक सनातनी हिन्दु राजसंस्थालाई बाहिर राखेर हैन राष्ट्र निर्माणमा एकजुट भएर देश निर्माणमा अगाडी बढनुमै सबै नेपालीहरुको कल्याण हुने छ। राजा सिंहासनमा मात्र छैनन् तर राजा आफ्नै देशमै भएकोले नेपाल र नेपालीहरु अहिलेसम्म सुरक्षित छन्। भन्ने कुरा राजनैतिक दलहरुले नभुल्दानै सबैको कल्याण होला अन्यथा त्यो दिन अब ………धेरै टाढा छैन। बाँकी पशुपतिनाथले नै यो देशको रक्षा गरुन्। जय नेपाल।