जिन्दगीको कुन मोडमा के आउछ। कसैलाई थाहा हुँदैन। भाबिले लेखेको कसैले बदल्न सक्दैन। यो बुझ्नको लागि जिवनका पानाहरु पढ्नैपर्छ। पल्टाउदै जादा थाहा हुन्छ। कुन पानामा के लेखिएको छ भन्ने कुरा। त्यसैले अबरोध कुन मोडमा पुगेर भिरपाखा, जंघार तर्नुपर्ला भन्ने कुरा पनि यात्रा गर्दै जाँदा मात्र थाहा हुन्छ। पुर्वार्ध सबैको सजिलै बित्न सक्छ। बालापन बाबुआमाको प्यारो, न्यानो काखमा बित्छ। बालापन बित्दा नबित्दै पढाई, अध्ययनमै बित्छ। दुख संघर्ष के हो थाहै हुदैन जुनबेला उस्को शीरमाथी आमाको प्यार, बाबुको सम्रक्क्षण र आषिर्वादको हाथ शीरमाथी हुन्छ। यो जिवन चक्र हो। जुन कुरा बुझ्नको लागि अध्ययन र राम्रो संगतनै चाहिन्छ।
यूवा बस्था कमाई धमाई र संघर्ष, बिवाहवारीमै बित्छ। जब आफ्नो कमाइ-धमाई सुरु हुन्छ। त्यतिबेला आफ्न्त, नातागोता, इष्टमित्र र जन्मदिने आमाबुबा, अभिभावक सबै बोझ बन्दै जांदो रहेछ। किनकी त्यतिबेला अर्को मूल मिस्सी सकेको हुन्छ। बयस्क आएको थाहै हुदैन। बुढेसकाल भनु या जिवनको उत्तरार्ध पिडादायी हुन्छ। रोग, भोक र षोकले, भरिएको, आफन्त, छोराछोरीले पनि बोझ सम्झने हुन्छ। तर सबैको त्यो दिन भोली आउनेनै हो भन्ने बुझ्न भने गारो हुदो रहेछ।
आजको समाज एकदमै एकांकी, मं र मात्र मेरो परिवार भन्नेमा सिमित देखिन्छ। पैसा नै सबैकुरा हो। समाज परिवार केही पनि होईन भन्ने अबस्थामा पुगेको छ। यो भ्रष्ट, लुटतन्त्र र भ्रष्ट आचरणले ल्याएको अबस्था हो। यूवाहरुलाई वेरोजगार, बिदेश पलायन, समस्याले जेलिदा दुर्वेशनी कस्ले गरायो ? यहि भ्रष्टा्चारी ब्यबस्थाले भन्दा फरक पर्ने छैन। यो हामी भनिरहेका छैनौं, घांम जत्तिकै छर्लङ्ग छ। पहिला यस्तो थिएन। परिवारमा मेलमिलाप, एक आपसमा सहयोग, छरछिमेकमा यैंचोपैंचो, सरसापट, मर्दापर्दा सबै एक आपसमा जुटेर बसेको समाज अहिले कस्को आंखा लाग्यो नेपाली समाजलाई सबै अबस्था बिग्रदै गएको छ।
हामी ब्यापार, ब्यवसाय, नोकरी र राजनिति नै किन नगरौ ! जब नयाँ पालुवा पलाउदै जांदा पुराना पातहरु झर्ने नै हो। घमण्ड गर्नु बेकार छ। बैदिक सनातन धर्म, पूर्विय संस्कृति ले भरिएको, बैदिक धर्म शास्त्रमा आधारित विश्वमा शक्तिशाली राजसंस्थासहितको प्रजातन्त्र, मान मर्यादामा आधारित समाज हेर्दाहेर्दै कस्तो अबस्थामा पुग्दै गयो ? जहाँ नेताहरु आफ्नो मान खोज्दै नयाँहरुप्रति उदाशीन ब्यक्त गर्छन। तर हिजो आफुले जे गरेको हो त्यही फल पाक्दै छ, भन्ने भुल्नु हुंदैन। आफ्नो अभिष्ट पुरा गर्न राजसंस्थालाई देशी बिदेशी तत्वहरुको घुसपैठमा हटाईएको हो। अब जनताले देश जोगाउन सोच्न ढिलो गर्नुहुँदैन। जबसम्म मानिसले आफुले गरेको गल्ति महसुस गर्दैन त्यो जिवनमा कहिले सफल हुन सक्दैन। आजको राजनिति यसैमा आधारित देखिन्छ।
जब देशमा माओवादीको जन्म भयो। हाम्रो समाज दिनपरदिन ओरालो लाग्दै गयो। अनुशासनको खडेरीनै पर्यो। यस्ले ठुलो समाजलाई मात्र नभई घरघरमानै डेरा जमायो। माओबादिले राजसंस्थादेखी धर्म, संस्कृति सबै नष्ट गरेकोले देशमा अनिष्ट भित्रीयो।
प्रजातान्त्रिक संस्कृति बोकेको नेपाली कांग्रेस जस्तो पार्टिले कम्निस्टहरुको पिछलघु भएर देशको राजनिति नै यति प्रदुषित बनायो। जस्ले गर्दा आज बनेको एमाले र कांग्रेसको सरकार भ्रष्टाचारका सम्रक्क्षक बन्दै भ्रष्टाचारी, सरकारी जग्गा हिनामिनादेखी, नक्कली भूटानी शरणार्थी नागरिक बेचबिखनमा संलग्न आरोपित ब्यक्तिहरु सबैलाई मन्त्री बनाएर पुरस्कृत गरेको छ। राजनितिकै बदनाम हुन पुग्यो। त्यही पार्टि त्यही ब्यक्ति आफुसंग नहुँदा सत्वसराप गर्ने आफुसंग मिल्ने बित्तिकै सबै खत क्षम्य हुने तुरुन्तै गुणगान गर्न पुग्दा कुनै सरम पनि नहुँदोरहेछ, राजनिति बिचित्र छ। त्यसलाई कसरी राजनिति भन्ने ?
नेताहरुले नेतृत्व दिन सक्ने ब्यक्ति, सहयोगी हातहरुको पहिचान गुमाउदां राजनिति झनै बदनाम हुन पुग्यो। सधै आफै मात्र हुन चाहने र आफ्नै कार्यकर्ताले हिजो गरेको आर्थिक सहयोगदेखी राजनैतिक योगदान पुर्याएका ब्यक्तिहरुलाई लत्याउदै गर्दा राजनिति भ्रष्टहरुकै साम्राज्य बन्न पुग्यो। स्थानिय सरकार जस्ले बिकाशको मार्ग पहिचान गरि स्थानिय जनता, उपभोक्ताहरुको सुबिधालाई ध्यानमा राखेर अगाडी बढेको काठमाण्डौ महानगर पालिका ” मेयर ” बालेन शाहसंग जोरि खोज्दै चार पटक प्रधानमन्त्री भएका केपी ओली अदालतको निर्णयलाई समेत लत्याउदै आफ्ना लठेतहरुलाई बिरोधमा उतारेर अबरोध गर्दैछन्। कांग्रेस मुकदर्शक भएको छ। यस्तो सरकारले देशको भलो गर्छ भनेर कसरी सोच्ने ? त्यसैले समयलाई बिलम्ब नगरि नागरिक समाज, यूवा, बौद्धिक बर्ग, जनता सबै यो अनैतिक राजनितिबिरुद्ध एकजुट भएर अगाडी बढ्न ढिलो नगरौं। पशुपतिनाथले देशको रक्षा गरुन। जय नेपाल।