News Portal

कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

हिमालीसंचार संवाददाता
३५९ पटक

यो पनि पढ्नुहोस्।

कुवेत बाहिरको भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो – ग्लोबल एनआरएनए

कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली पुरुषद्वारा हत्या गरिएको भनि भाइरल भएको भिडियोको कुनै सत्यता नभएको पुष्टी भएको छ।

अन्य कुनै देशमा घटना घटेको भिडियोलाई कुवेतमा घटना घटेको भनी तोडमोड गरि भिडियो बनाएर महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको सकृयतामा कुवेतमा हुदै नभएको घटनालाई लिएर अफवाह फैलाउने उक्त व्यक्तिहरुलाई खोजि गरिएको थियो।

महाबुलास्थित नमस्ते नेपाली रेस्टुरेन्टमा २७ मार्चका दिन एनआरएनए एनसीसी र अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिको सामु उनीहरुले अब कहिले पनि यस्तो गल्ती नदोहोराउने भन्दै माफी मागेका हुन । वैदेशिक रोजगारका लागि करिब सात महिना पहिले उनीहरु कुवेत आएका हुन । उक्त भिडियो पदम थापाले टिकटकबाट डाउनलोड गरेर जिवन गिरीलाई दिएको बताए।

जिवन गिरीले भिडियोमा आफ्नो आवाजमा इडिड गरेर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सामाजिक सञ्जालमा आएका अप्रमाणित विषयलाई सत्य तथ्य नबुझी भ्रम नफैलाउन उपस्थित व्यक्तिहरुले ध्यानाकर्षण गराएका थिए । साथै सामाजिक संजालमा आएका भिडियोलाई तोडमोड गरी कुवेतमा रहेका नेपालीहरु र नेपालको बदनाम नगराउन एनआरएनए एनसीसी अध्यक्ष रणध्वज लामाले अनुरोध गरेका थिए।

कुवेतमा केही समय पहिले पनि बङ्गाली प्रेमी द्वारा नेपाली प्रेमिकाको हत्या गरिएको भनेर एउटा भिडियो भाईरल भएको थियो । तर त्यो भिडियोको पनि अहिलेसम्म कुनै पुष्टी भएको छैन ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...