News Portal

  • भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो – ग्लोबल एनआरएनए

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    यो पनि पढ्नुहोस्।

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत। हालसालै मात्र सामाजिक संजाल फेसबुक मेसेन्जर ग्रुपहरुमा कुवेतको खैतानमा एकजना नेपाली महिला र विदेशी पुरुषमाथी हालै घटेको घटना भनि घांटी रेटी हत्या भईरहेको भिडियो यत्रतत्र सर्वत्र फैलिरहेको छ।

    उक्त फैलिरहेको घटनाप्रति गैरआवसिय नेपाली संघ ग्लोबल एनआरएनए कुवेतको ध्यानकर्षण भएकाे जनाउँदै मंगलवार एक विज्ञप्ति जारी गरिएको छ।

    सो विज्ञप्तिमा भनिएको छ- यसको सत्य तथ्य बुझ्न हामीले नेपाली दुतावास कुवेतमा सम्पर्क गरि हेर्दा सो समचार गलत भएको पुष्टी भएको छ। पुरानो अन्त कतै घटेको घटनाको भिडियोमाथी भ्वांईस ओभर गरि हालसालै कुवेतमा नेपालीमाथी घटेको घटना भनि समाजमा भ्रम पैदा गरिएको र सो पोष्ट गर्ने व्याक्तिको पहिचान भई दुतावासले केरकारको लागी दुतावासमा बोलाईसकेको जानकारी प्राप्त भएको छ। सो भिडियो प्रति कोहि पनि भ्रमित नहुन सबैमा अनुरोध गर्दछौ।

    यसरी जारी उक्त विज्ञप्तिमा भनिएको छ- पछिल्लो समय कुवेतको नेपाली समाज र राष्ट्रकै छवि गिर्ने खालका हुदै नभएका, यहांका नेपाली समाजभित्र घट्दै नघटेका घटनाहरुलाई कुवेतको नेपाली समाजसंग जोडेर अफवाह फैलाउने किसिमका भिडियो तथा पोष्टहरु गरेको पाईएको छ। जुन पुर्णगैरकानुनि कार्य रहेको भन्दै ग्लोबल एनआरएनए कुवेतले आपत्ति जनाएको छ।

    ग्लोबल एनआरएनए कुवेतको आधिकारिक फेसबुक मार्फत जारी विज्ञप्तिमा भनिएको छ- सामाजिक संझाल सुचनाको मुख्य स्रोत हो, यसको सहि सदुपयोग गर्नुपर्छ। यसको दुरप्रयोग गरि गलत सुचनाहरु संम्प्रेशन गर्दा समाजमा भ्रम पैदा हुने र भोली आफैमाथी पनि अप्ठ्यारो स्थिति आउन सक्ने हुन्छ। कानुनी कार्वाहीको दायरामा पर्न पनि सकिन्छ। यसैले यस्ता बिषयहरुमा आफुलाई सधै सचेत राख्नुपर्छ। यस्तो अफवाह फैलाउने किसिमका तथ्यहिन समचारहरु जो कसैले पनि संप्रेशन नगरिदिनहुन सबैमा अनुरोध गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal