News Portal

  • शदगुण बिनाको राजनिती

    कमला थापा
    २३५ पटक

    राजनेता विपी, गणेशमान, सन्त नेता कृष्णप्रसाद, सुबर्ण शम्शेर र बामपन्थी नेता मनमोहन अधिकारी जस्ता राजनेताहरुको देहान्तपछि यो देशले पाउन नसकेको राजनेता भोली जन्मिन्छन् या जन्मदैनन् त्यो गर्भको कुरा भयो। नेता त धेरै भए तर राजनेता कोहि पनि देशले पाउन सकेन। यो दुर्भाग्य देश र जनताको रह्यो। आफ्नै भाग्यलाई सोचेर, देशको दुर्दशा हेरेर कति बस्ने हो। यसको बिकल्पमा जान ढिलो गर्नु हुदैन। मिसन ८१ लाई सफल बनाउन जनता एक भएर जुरुक्क उठ्न ढिलो नगरौं।

    विपी भन्नुहुन्थ्यो यदी “अनुहार स्पष्ट देखिदैन भने त्यो ऐना नहेर्नु, जहाँ आफ्नो विचार सिद्दान्त मिल्दैन त्यहाँ सहकार्य नगर्नु” यस्ता महान विचारक नेताका अनुयायी भएर पनि सबै कुरा बिर्सिएर आज तपाईका कार्यकर्ताहरु नेता त भए तर दुर्भाग्य जसलाई नेता मानियो, त्यहि नै दुर्व्यसनी निस्कियो। विपी तपाईका यस्ता शब्दहरूलाई सम्मान गर्दै, त्यो लत छुटाउन हजारौं, हजार कार्यकर्ताहरु पार्टि छाडेर पलायन हुँदैछन्। तर पनि तिनको चेत खुलेन। शदगुण छाडेर दुर्गुणको लत लागेका लालसा, भ्रष्टाचार, घमण्ड र दम्भले भरिएका नेताहरुबाट योग्य, ईमान्दार कार्यकर्ताहरुले पनि सुधार्न सकेनन्। यस्तालाई नेता भन्नु पर्दा सरमले जनता र कार्यकर्ताहरुको शिर निहुरिएको छ।

    पुराना पार्टिहरुको अप्रजातन्त्रात्रिक चरित्रको अनुशरण नयाँ पार्टिहरुले गर्न थालेका छन्। सबैको गन्तब्य सत्ता र शक्ति बन्न पुगेको छ। देश, जनता भर्सेलैमा जावोस। यस्तो अबसरवादी चरित्रले भरिएका पार्टिहरुबाट देश बन्दैन। देशलाई असफल बनाएर अब बेचेको घोषणा गर्न मात्र बाँकि छ। जनता जुर्मुराउन ढिलो गर्नु हुदैन। उनिहरुको मिसन ८४ हैन जनताको मिसन ८१ मै गणतन्त्र अन्त्यको तिथिमिति तोक्नुको बिकल्प छैन। जनता एक भएर यसैमा जुटौं राष्ट्र, राष्टि्यता धर्म, संस्कृति नागरिक बचाउ हिन्दू अधिराज्य सहितको ०४७ सालको संविधान फर्काउदै एकताको प्रतिक राजसंस्थाको रक्षा गरौं यसैमा सबै जनताको भलाइ छ।

    देशको प्रधानमन्त्री प्रचण्डको भाषालाई सुन्ने हो भने धिक्कार भन्नु बाहेक केही छैन। गठबन्धन पार्टिका नेतालाई चौविस घण्टाको जानकारीसम्म नदिएर गठबन्धन तोडन सक्नु त्यो प्रचण्ड शैलिलाई मान्नुपर्छ। उनको हिजोको बोलीले कति नैतिक हिन देखाउछ। मलाई कसैले प्रयोग गर्न खोज्छ भने “म” त्यस्तालाई लात्ताले हानेर अगाडी बढ्न जान्दछु। त्यस्तो नजानेको भए ३२ सिट ल्याएको पार्टिले कुन धरातलमा टेकेर म प्रधानमन्त्री बन्छु भन्न सक्छ ? त्यो उहाँले मात्र सक्नुहुन्थ्यो र एमाले जस्तो आफुलाई धेरै अब्बल दर्जाको पार्टि ठान्ने केपी ओली जस्तो चतुर नेताको बार्दलीमा पुगेर हात हल्लाएको भरमा प्रधानमन्त्री बनेर एक महिना पनि नपुग्दै लात मारेर फेरि पुरानो गठबन्धनमै फर्कन सक्छ ? कांग्रेसलाई त धन्न एक बर्ष लागेछ लात मार्न‌। अब मुल्यांकन जनताले नै गरुन को बुद्धिमान हो र को मुर्ख ? प्रचण्डले सत्य बोलेका छन्। कुन दिन ५ हजार मात्र हैन १७ हजारै मैले नै मारेको हूं भन्नेछन्, त्यो साहस उहाँमा छ। अराजकशैली, बोलिको ठेगान नभएका भरोसा गर्न लायक नेताको कोटिमा उनी पर्दैनन्। उनले दिएको धोखा नेपाली कांग्रेसका नेता स्व. गिरिजा बाबुले नभोगेको होईन। यो उहाँको राम्रो कलालाई मान्नुपर्छ। उहाँको आपत्तिजनक अभिव्यक्तिलाई ताली बजाएर स्वागत गर्ने कार्यकर्ता पाएसम्म उनको हिजोको शैलिमा परिबर्तन आउने पनि छैन। आफु बाचुन्जेल यस्तै अराजक उथलपुथल भैई नै रहने कुरा बताउने प्रधानमन्त्री यो देशले ब्यहोर्नु भनेको राष्ट्रीय, अन्तराष्ट्रिय जगतमा यो भन्दा बेइज्जत अरु के हुन सक्छ ?

    ०६२/६३ सालको आन्दोलनको माग गणतन्त्र थिएन। मात्र राजाबाट बिघटन गरिएको संसद पुनःस्थापना थियो। राजसंस्था हटाउने थिएन। उक्त कुरा आफुले धेरै पटक उल्लेख गरिसकेको कुरा हो। तत्कालीन परिस्थितिमा स्व. गिरिजा बाबुको रक्तपात रोक्ने प्रयासमा भएको सानो त्रुटिले आज देशले यो हबिगत ब्यहोर्नुपर्यो। यहि परिस्थिती रहिरहने हो भने अझै कति झेल्नुपर्ने हो थाहा छैन। त्यसैले गिरिजा बाबुकै एक शब्दलाई म यहाँ दोहोर्याउन चाहन्छु। उहाँ हामिलाई बारम्बार भन्नुहुन्थ्यो। यदि यात्रीले चौबाटोमा पुगेर आफ्नो गन्तब्य भुल्यो भने एकछिन उभिएर सोच्ने, सम्झन नसके जुन बाटोबाट अगाडी बढेको थियो फर्किएर त्यहि ठाउमा आउने र पहिल्याएर अगाडी बढ्ने भन्नुभएको थियो। आज त्यो दिन आएको छ। नेपाली कांग्रेसले भुलेको बाटो त्यहि ठाउमा फर्किएर सच्याउनु पर्छ। ढिलो गर्नु हुदैन जुन संबिधानले हामिलाई संम्वैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र दिएको थियो। त्यो संम्बिधान सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको हो। राष्ट्र, राष्ट्रियता, भूगोल र माटो जोगाउने एक मात्र विकल्प त्यहि हो। नेपाली कांग्रेसले आफ्ना नेताहरुको आदर्श प्रति इमान्दारीता छ भने नेपाली कांग्रेस र विपीका शन्ततिहरुले यसमा गम्भीर भएर सोच्न ढिला गर्नु हुंदैन। नेपाली कांग्रेस देशप्रति इमान्दार हुनैपर्छ।

    त्यसैले सही समयमा कुरा उठाउन नसक्ने कतै आफैले टिकट नपाउंला की भनेर डराउनेले बेमौसममा बजाएको बाजा, मन्त्रीले काम गर्न नसक्दा पनी हटाउनै हुदैन भन्ने नेतृत्वको कार्यशैली यो सबै पनि गठबन्धन टुट्नुको कारक हैन भन्न सकिन्न। राजनिती भित्र अमुक ब्यक्ति, परिवारको हस्तक्षेपकारी भूमिका, बाह्य रिमोटले काम गर्नु पनि गठबन्धन टुटनुको कारक होईन भन्न सकिन्न। अस्ति फाल्गुन १९ गते चितवनको कार्यक्रममा सबै पूर्वप्रधानमन्त्रीहरुको एकता छ। हामी यहाँ छौं भन्दै जोडिएको हात र उडाएको बेलुन, चौबिस घण्टा पनि बित्न नपाउदै टुटेको गठबन्धन कस्तो एकता थियो। प्रधानमन्त्री प्रचण्ड अपराधकर्मबाट राजनितीमा आएका ब्यक्तिलाई टुटाउनु, फुटाउनु कुनै ठूलो कुरा थिएन। तर उनि जस्तो ब्यक्तिलाई चिन्न नसक्नु त्यो गल्ति नेपाली कांग्रेसकै हो। यस्तै लोभिपापी रबैया, सत्ताका लाल्ची पार्टिहरु भएसम्म प्रचण्डजीलाई सत्ता चलाउन गारो हुने देखिदैन। उनले सबैलाई बिरालाले मुसा खेलाए जसरी खेलाएर पांचै बर्ष प्रधानमन्त्री नचलाउलान भन्न सकिन्न लोभी भएसम्म ठग खान बिना मर्दैन भन्ने हाम्रो समाजमा खुबै प्रचलित कहावत छ। प्रचण्डले जे गर्नेवाला थिय त्यहि गरे बुझेकै कुरा हो। आश्चर्य हुनुपर्ने केही छैन। राजनैतिक संस्कार यूक्त ब्यक्ति भएका भय यस्तो नैतिक बिहिन काम गर्न लजाउनुपर्ने हो। यहाँ त लाज पनि लजाउनु पर्ने देखियो।

    पुराना पार्टिहरुको अप्रजातन्त्रात्रिक चरित्रको अनुशरण नयाँ पार्टिहरुले गर्न थालेका छन्। सबैको गन्तब्य सत्ता र शक्ति बन्न पुगेको छ। देश, जनता भर्सेलैमा जावोस। यस्तो अबसरवादी चरित्रले भरिएका पार्टिहरुबाट देश बन्दैन। देशलाई असफल बनाएर अब बेचेको घोषणा गर्न मात्र बाँकि छ। जनता जुर्मुराउन ढिलो गर्नु हुदैन। उनिहरुको मिसन ८४ हैन जनताको मिसन ८१ मै गणतन्त्र अन्त्यको तिथिमिति तोक्नुको बिकल्प छैन। जनता एक भएर यसैमा जुटौं राष्ट्र, राष्टि्यता धर्म, संस्कृति नागरिक बचाउ हिन्दू अधिराज्य सहितको ०४७ सालको संविधान फर्काउदै एकताको प्रतिक राजसंस्थाको रक्षा गरौं यसैमा सबै जनताको भलाइ छ। पशुपतिनाथले सबैको रक्षा गरुन।

    जय नेपाल।

    (लेखिका नेपाली कांग्रेसको पूर्वसांसद समेत हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    सद्भाव बचतद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

    बैशाख-१५, शनिबार/मोरङ – कहिले पनि न अस्ताउने सूर्य को सहर गाउँ सर उज्यालो बनाउने सद्भावको...

    ब्रह्म कुमारी उपशाखा रङ्गेलीको २१औं वार्षिक उत्सव सम्पन्न

    बैसाख-१५, शनिबार/मोरङ –   माेरङकाे  रंगेली नगरपालिका ७ स्थित बस पार्कमा रहेको ब्रहृमा कुमारी उपशाखा केन्द्र...

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतमा ४ जना नयाँ पत्रकारको प्रवेश

    कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका...

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal