News Portal

जनहितविपरीत गरिने निर्णय काङ्ग्रेसलाई स्वीकार्य नहुनेः एनपी साउद

हिमाली संचार संवाददाता
५६५ पटक

डोटी -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जनहितविपरीत गरिने कुनै पनि सरकारी निर्णयमा काङ्ग्रेसको सहमति नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटीले दिपायलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले मुलुकमा शान्ति सुरक्षाको अवस्थामा जटिलता थपिएको र आपराधिक गतिविधिमा समेत वृद्धि भइरहेको छ ।’

पूर्वमन्त्रीसमेत रहेका नेता साउदले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा र बलात्कारी अहिलेसम्म फेला नपार्नु सरकारको उदासिनता भएको आरोप लगाउँदै ‘निर्मलाका हत्यारा पत्ता लगाएर कानूनी कारवाही गर्नुको साटो सरकारले केही प्रहरी अधिकारीलाई कारवाही गरेर हत्यारालाई उन्मुक्ति दिन खोजिरहेको छ, यो हामीलाई सह्य हुने छैन,’ भने ।

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बमको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...