News Portal

  • ३०२ औं पृथ्वी जयन्ती

    कमला थापा
    ४८७ पटक

    काठमाण्डौ। गणतन्त्र आएको १७ बर्ष भयो हामिले राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्ती नमनाएको र बिदा नदिएको पनि त्यति नै भयो होला। तर यसपाली पृथ्वी जयन्ती भब्यताका साथ मनाईएको देखियो। बिभिन्न पार्टीहरुले आयोजना गरेको चियापान कार्यक्रममा सबै पार्टीका नेतादेखि प्रधानमन्त्री प्रचण्डको समेत उपस्थितीले चियापानले राम्रो मेलमिलापको वातावरण सिर्जना भयको देखिन्छ। यो ढिलै भएपनि सकारात्मक पक्षको सुरुवात हो भन्न सकिन्छ।

    यस्तै सकारात्मक पक्षको अभावमा हाम्रो समयहरु धेरै खेर गए। दुनियाँ कहांबाट कहाँ पुग्यो। तर हाम्रो समय भने एक अर्कोमा आरोप प्रत्यारोपमै बित्यो। अझैपनि‌ सुध्रिसक्यौं भन्न त सकिदैन अबका दिनमा नबिर्सिए पनि काफी हुन्छ। देश, राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, सभ्यता समाज, देशको माटो, धर्ती, जनता यी सबै बुझ्न सोदेशै चिन्नु पर्ने रहेछ। यो कुराको जगेर्ना गर्न‌ सके मात्र देश बन्छ। बिदेश चिनेर नपुग्दो रैछ। त्यही कुराको उपदेश उहांको महांनवाणी हो भन्न सकिन्छ। यो देश यो धर्ति रहुन्जेल उहांको सान्दर्भिकता सकिदैन। आज भन्दा सवा तिन सय बर्ष अगाडि राष्ट्रपिता पृथ्वीनारायण शाहलाई कस्ले पढायो होला ? जस्का महांणवाणी आजसम्म उत्तिकै सान्दर्भिक छ। सायद यो देश, धर्ती रहुन्जेल उनको सान्दर्भिकता अझै बढेर जाला कम हुने छैन। साथै बिसे नगर्ची जस्ता साहसिक सल्लाहकार पनि सम्मानका पात्र हुन्।

    हाम्रा नेताहरु धेरै पढेलेखेका बौद्धिक बर्गहरु हुनुहुन्छ। तर त्यो बौद्धिक्ताले बिद्धोता देखाउन नसकेका कारण देश उन्नतिको शिखरमा पुग्न सकेन। संसदमा धेरै नेता सांसदहरु डाक्टरेट गरेको सख्या पनि कमछैन। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईजी त भारतको जेएनयू विश्वविद्यालयबाट डाक्टरेट गरेको प्रधानमन्त्री यो देशले पायो। तर अर्थमन्त्रि हूंदा कमाउनु भएको वावाफी प्रधानमन्त्री भएपछी सक्कियो। हुनत प्रधानमन्त्री हूंदा बिदेशी महंगा गाडी नचढेर आफ्नै देशमा बनेको मुस्ताङ म्याक्स नचढनु भएको होईन। तर उहांले चढेपछि कम्पनी नै बन्द भयो। यो सञ्जोक हो की कुलक्क्षण लागेको हो ? भगवान नै जानुन, अरु हुदां धेरै सिकाउन जांनीदो रहेछ तर आफै हूंदा गारो पर्ने रहेछ की केहो ? बुझनै गारो छ। उहांले सकेको भए सहिद गेटमा र सहिदहरुको सालिक समेत हटाउन नलाग्नु भएको थिएन। तर नेपाली कांग्रेसका नेता सुशील कोइरालाले रोक्नु भयो। हामीले बिर्सिएका छैनौँ।

    हाम्रा नेताहरु धेरै जेलनेल खाएका राजनिति बुझेका, शिक्षीत बर्गमा पर्नुहुन्छ। बर्तमान प्रधानमन्त्री त अझै हेडमास्टर भएर आउनु भएको। विद्यार्थीहरुलाई राम्रै शिक्षा दिनुभएको होला ! तर शिक्षकलाई रुखमा बांधेर हातगोडा बांधेर कति सास्ती दिएर मारेको जनताले सायदै बिर्सिएका होलान्। नयाँ नेपाल बनाउने नारा लिएको माओबादिले पुरानो नेपालसम्म पनि छोडेन। सुशासनका लागि जनभावना अनुरुप भ्रष्टाचारमुक्त समाजबाट मात्र देश बिकाश सम्भव हुन्छ। भन्ने कुरा पुरै बिर्सिए। हिजो १० बर्षको जन हत्याका बेला उहाहरुको स्लोगन थियो। त्यतिबेला देशमा भ्रष्टाचार भएको देख्ने नजरले आज किन देखेन ? कतै त्यो नारा उतै जंगलतिरै पो छाडेर आउनु भएन ? नत्र आज किन भ्रष्टाचार, अनैतिक अन्याय जनताले ब्यहोर्नु परेको छ ? यो बाहिर हामिले मात्र भनिरहेका छैनौं। संसदमा घन्किरहेको छ। जनताले भोगिरहेका छन्। कुसाशन, भ्रष्टाचार, माफिया, बिचौलियाहरुको बिगबिगी, नेताहरु उनैका पाटनर, देश उभो लाग्नुको सट्टा उधो लागि रहेको छ।

    प्रधानमन्त्री प्रचण्ड रिसले आफ्नो दारा किटिकिटी भन्नुहुन्छ लोकतन्त्रमा जनताको यो कस्तो संस्कार हो ? हामी पनि त्यहि त सोधिरहेका छौं। लोकतन्त्रमा यो कस्तो लुटतन्त्र मच्चाएको ? के यसै दिन भोग्नका लागि हामी लडेका थियौं ? तपाईंहरुसंग जनताको प्रश्न छ। राजसंस्थालाई गाली वधगर्दै कोतपर्व, भण्डारखाल पर्व कस्ले गरेको थियो ? भनेर आरोप लगाउदैमा आज तपाईहरुले गरेको गल्ती सच्चिदैन। त्यो एउटा कालखण्ड देख्नेहरु सायद आज छदां पनी छैनन् आजका हामी सबैले इतिहांसमै पढेको होला ! त्यो ईतिहांसमा राजसंस्थाहरु पनि निर्दोष नै देखिन्छ। अहिलेको माओबादी जस्तै बिचार बोकेका सत्तामा पुग्न आतुर समुहको काम थियो होला। तर तपाईहरुको जनयूद्धले १७ हजार नेपाली मारेको त ताजै छ। आफ्नो गल्ती छुपाउन अरुलाई दोषारोपण गरेर बच्न सकिदैन। त्यतिबेलाको राजसंस्थालाई निरिह बनाएको ईतिहांसले देखाउछ। डायमनशमशेर राणाले लेखेको सेतो बाघ, बसन्ती, प्रतिबद्धता पढ्दा पनि बुझ्न सकिन्छ। त्यसैले देश बनाउने सही सोच राख्ने हो भने दोष अरुमा हैन आफै भित्र तलास्नु जरुरी छ। बिगतलाई कोट्याएर वर्तमान सुध्रिदैन। त्यसैले लाग्छ गणतन्त्रमा यस्तो छुट कोसैलाई पनी नहुनु पर्ने हो।

    त्यसैले धेरै शिक्षा हासिल गरेको, सत्तामा पुगेको घमण्डको आडमा देश लुट्न पाईदैन। बिदेशी नेताहरु माक्स, लेनिन्, स्टालिन, माओहरुको फोटोलाई पुजा गर्ने आफ्नो देशको नेता बिर्सदै राष्ट्रपिता पृथ्वीनारायण शाहको दिव्य उपदेश बिर्सदै टुक्राटुक्रामा बिभाजित राज्यलाई उनको अथक प्रयासले एकिकरण गरेर सिंगो राष्ट्र नेपालको निर्माण गरेको ईतिहांसलाई बिर्सिएर उनैको बंशजलाई बाहिर राखेर हामी सुरक्षित हुन्छौ। भनेर सोच्नु त्यो महा भुल हुनेछ। आज विपीलाई सम्झिन थालेको देखिन्छ। सांचै विपीलाई सम्झिने हो भने उनको सिद्वान्त, मूल्य, मान्यतालाई अगांल्न सक्नुपर्छ। देश जोगाउने हो भने, अन्यथा जनता अब गणतन्त्रको गुलियोमा लटपटिने वाला छैनन्। राजा यसो मन्दिर निस्कदां पनि जनताको उर्लदो सागरले जयजयकार गरेको देखाईसकेको छ। बुझ्ने मौका समयले हामीलाई दिएको छ। त्यसैले बिदेश चिनेर, धेरै बिदेशै पढेर, उनैलाई भगवान् मान्दै लम्पसार पर्नु भन्दा थोरै पढेता पनि देश बुझ्नु नै हाम्रो लागि कल्याणकारी हुनेछ। राजा, जनता मिलेर देशमा शान्ति कायम राख्दै अगाडी बढनुमै सबैको कल्याण होला। आराध्यदेव पशुपतिनाथले हामी सबैको कल्याण गरुन।

    जय नेपाल।

    (लेखिका थापा पूर्वसांसदसमेत हुनुहुन्छ।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...