Lकाठमाण्डौ। “पार्टीमा घात, अन्तर्घात गर्नेलाई कार्वाही गरौं” उक्त भनाई नेपाली कांग्रेसका सभापती आदरणीय नेता शेरबहादुर देउवाज्यूको हो। २ गते नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले बोल्नु भएको हो। यो स्वागतयोग्य कुरा हो। पार्टीमा बसेर पार्टिबाट सुविधा सम्पन्न भएर पार्टिका काम कारवाहीमा अबरोध पुर्याउने, निर्वाचनका बेला आफ्नै पार्टिका उमेदवारलाई हराउन खोज्ने। महांधिबेशनमा ओडाबाटै हराउन निर्देशन दिने ब्यक्तिहरु जो कोही भएपनी कारवाही गर्नुपर्छ। त्यस्तो गर्न पाइदैन त्यो पार्टि अनुशासन बिहिन कृयाकलाप भित्र पर्छ। त्यस्को लागि पहिला पार्टी बिधानको परिधि भित्र रहेर मापदण्ड बनाउनु पर्छ। मापदण्ड विपरित काम गर्नेलाई पार्टीले अनुशासनको कारबाही गर्नु उचित कुरा हो। तर हचुवाको भरमा कोसैलाई मन नपरेको आधारमा, अरुलाई रिस फेर्ने बदनियत पूर्ण तरिकाले भने गरिनु हुदैन। तर यसको लागि कहांबाट सुरु गर्ने ? केन्द्रको नेतृत्व, पदाधिकारीहरुबाट की जिल्लाका नेतृत्व तहमा भएकाबाट किन भने निर्देशन दिने त अधिकांश केन्द्रका नेताहरुनै पर्छन्। त्यसको लागि पहिले नै तयार हुनुपर्छ। त्यति बेला मेरो, तेरो, ठूलो, सानो भनेर भेदभाव गरिनु पाइदैन।
पार्टी भित्र अन्तरघात भएको छ तर माथिल्लो निकाय केन्द्रबाट जस्तो:- तमाम कार्यकर्ताहरुको बिरोधका बाबजुद, पार्टी बिधान, मूलुकको संबिधान बिपरित ०७९ सालको निर्वाचनमा बिचार, निती, सिद्धान्त कुनै कुरा नमिल्ने कम्यूनिष्ट पार्टिहरुसंग चुनाबी गठनबन्धन किन र कुन आधारमा गरियो ? चुनाबी गठबन्धन संम्बिधानले दिन्थ्यो की दिने थिएन ? कुनैपनि पार्टिको एकल बहुमत नआएको अबस्थामा सरकार बनाउदां तालमेल गर्नु त्यो मान्य कुरा हो। तर निर्वाचनमै तालमेल गरेर सबै क्षेत्रमा आफ्ना उमेदवारी नै नदिएर कार्यकर्ताको अधिकार हनन गर्नु त्यो अन्तर्घात थियो की थिएन ? संबिधानले उत्पिडित महिला, जनजाती, मधेसी, दलितहरुलाई तोकिएको समानुपातिक कोटामा सुबिधा सम्पन्न अति शिक्षित, आफ्नै श्रीमती, उच्च घराना ब्यापारी, पटकपटक मन्त्री भैसकेका ब्यक्तिलाई समानुपातिकमा ल्याउनु, समानुपातिक उम्मेदवार चैन गर्दा ठूलो रकम लेनदेनको आधारमा सांसद बनाउनु, त्यो पार्टी बिधान, देशको संबिधानको उलंघन हो की होईन ? अन्तर्घात भित्र पर्छकी पर्दैन ? बारम्बार निर्वाचन हारेका ब्यक्तिहरुलाई अर्काको क्षेत्रमा जवरजस्ती उमेदवार दिएर पठाउनु, अनी हरायो भन्ने गलत आरोप लगाएर कार्वाही गर्नु, त्यो अन्तर्घात होकी होईन ? त्यस्तै निर्वाचनका बेला पार्टीले लिएको ऋण आजसम्म नतिर्नु त्यो अन्तर्घात हो की होईन ? संबिधानले तोकेको प्रत्यक्ष तर्फ एकतिहाई महिला उमेदवार नउठाउनु त्यो अन्तर्घात हो की होईन ? यस्ता तमाम प्रश्नहरु छन्। पार्टिले केन्द्रले दिनुपर्छ। जिवनभर पार्टिको ईमान्दार कार्यकर्ता भएर पार्टिमा काम गरेका ब्यक्तिहरु निर्वाचनमा केन्द्रको गलत निर्णयले उमेदवार हुनबाट बन्चित हुनपर्नु। आफ्नो क्षेत्रमा अर्को क्षेत्रको सदस्यलाई केन्द्रले जनभावना बिपरित टिकट दिएर पठाउनु त्यो अन्तर्घात भित्र पर्छ की पर्दैन ? यदि पर्छ भने निर्णय कर्ता नेतृत्व माथिनै पहिला कारवाही हुनुपर्छ। केन्द्रको गलत निर्णयले कार्यकर्तामा पर्न गएको क्षतिपूर्तिको जवाफदेही केन्द्र हुनेकी नहुने ? यसको जवाफ केन्द्रले दिन्छ भने कार्वाही गर्नुपर्छ। उचित कुराको समर्थन सबैले अबस्य गर्ने छन्। पहिलो कार्वाही केन्द्रिय नेतृत्वबाट सुरु गरियोस। यो हामी जस्ता तमाम कार्यकर्ताहरुको समर्थन हुन सक्छ। त्यस्तो अन्तर्घात कार्यकर्ताको लेवलबाट गरिने कुरा होईन। उमेदवारले निर्वाचनमा बेहिसाब अथाह पैसा खर्च गरेर चुनाब लडनु त्यो भ्रष्टाचार हो की होईन ? त्यो पैसा कहांबाट आयो भन्ने खोजी नगरिनु भ्रष्टाचार नभए के हुन्छ ? यस्ता बहुसंख्यक प्रश्नहरुको जवाफको उत्तर पहिला खोजिनु पर्छ। हिजो नेपाली कांग्रेसको पोखरामा भएको कार्यक्रममा ब्यानरमा लेखिएको रहेछ। पार्टिलाई भ्रष्टाचर मुक्त बनाउं तर सभापतिले मेटन लगाउनु भएछ। त्यो नमेटी आफु कार्यक्रममै नजाने, झगडा भएछ। पार्टिलाई भ्रष्टाचर मुक्त बनाउं भन्दा के आपत्ति भयो ? यसको मतलब भ्रष्टाचार गर्न पाउनु पर्छ भन्ने हो ? सभापतिको आदेशले यही जनाउछ हैन ?
०७० को दशकसम्म पार्टिहरुको आर्थिक हैसियत आजको जस्तो सुबिधा सम्पन्न थिएन। पार्टिहरुलाई निर्वाचनको लागि खुलेआम बिदेशीहरुको सहयोग र लगानी पनि थिएन। माओबादीलाई छाडेर। माओवादी सम्पन्न थिए। किनकी १२ बर्षको जन हत्यामा बैंक, जनताका घर, पैसा, सुनचांदी लुटेका सम्पत्तिले उनिहरु आर्थिक रुपमा सम्पन्न थिए। त्यसमा पनि तत्कालीन सरकारलाई बार्गेनिङ गर्न सक्ने हैसियत राख्दथे जस्का कारण ०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा झण्डै दुई तिहाइको हाराहारीमा बिजयी भएर आउन सफल भए। तर अन्य पार्टिको हालत त्यस्तो थिएन। उनीहरुलाई केही ब्यापारीहरुको सहयोग, चन्दा दाता, कृयासिल सदस्यताबाट उठेका रकम बांकी आफ्नै पार्टी भित्रका सक्षम साथिहरुसंग आर्थिक ऋण लिएर चलाउने र पछि पार्टिको महांधिवेशनबाट उठेको रकमबाट तिर्ने गरिन्थ्यो। तर अहिले त्यस्तो छैन। यो पंत्तिकारलाई थाहा भएसम्म ०७० सालको निर्वाचनमा पार्टिले ऋण लिने गरेको थियो। उक्त निर्वाचनमा पनि तत्कालीन पार्टि सभापतीलाई ईतर पक्षका नेताले त्यो कंगालीले कसरी चुनाब गर्छ हेरौंला ! भनिएका कारण पांच जना ब्यक्तिहरुसंग ऋण लिएको थियो। त्यस मध्ये तीन जनाको पैसा फिर्ता गरेको र दुई जनाको पैसा पार्टिले अहिलेसम्म तिरेको छैन। त्यो सानो रकम पनि होईन नेपाली कांग्रेसले उक्त पैसा फिर्ता नगर्नु त्यो आफ्नो कार्यकर्ता माथि गरेको घोर अन्याय, अत्याचार हो।
त्यसैले गणतन्त्रको शासनकाल भ्रष्टाचारको पर्याय बनेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको ०७३ साल कार्तिक ५ गते बसेको बैठक केहीबेर रोकेर शिर्ष ५ जना नेता सहित सम्बन्धित ब्यक्तिलाई समेत राखेर गरेको निर्णय एकजना नेता त अहिले राष्टपतिनै हुनुहुन्छ। उहाहरुले दिनुपर्छ तीन-चार दिनमा बोलाएर दिने भनेर गरेको निर्णय आजसम्म उक्त ब्यक्तिलाई दिईयो की दिईएन ? जहांसम्म मेरो जानकारीमा भएसम्म पार्टिले दिएको छैन भन्ने सुनिन्छ। यदि नदिएको हो भने त्यो पार्टिले गरेको जघन्य अन्तर्घात, अन्याय हो की होईन ? ब्यक्तिको पटक-पटकको अनुरोध लिखित निबेदन उपर आज सम्म कारवाही नहुनु देशको ठूलो पार्टी नेपाली कांग्रेसलाई सुहाउने कुरा होईन।
यस्तै आर्थिक लेनदेनको घटना एमाले पार्टि भित्र पनि सुनिएको थियो। राज्य लक्ष्मी गोल्छाको पनि घटेको थियो। धेरै नेता मुछिएको समाचार ब्यापक रुपमा आएको थियो। पछि भित्रभित्रै पार्टिले मिलाएको सुनिन्छ। आज पार्टीका नेताहरूको आर्थिक हैसियत धेरै उच्च भएको छ। भ्रष्टाचरले सिमा नाघेको छ। अकुत सम्पतिको घमण्डले न्याय, अन्याय छुट्याउन नसक्ने हालतमा पुगेका छन्। भ्रष्टाचरबाट कमाएको शम्पत्ति लुकाउने, ब्यबस्थापन गर्न गारो भैरहेको समाचार दिनदिनै सुनिन्छ। देश र जनतालाई कंगाल बनाउदै कामाएको धन हो की होईन ? भनेर जांचन कुनै आईतवार लाग्दैन नेताहरुको हिजोको अबस्था र आजको रहिस जीवनशैली, टाटपल्टिदै गएको अर्थतन्त्र, ऋणमा डुबेका जनताबाट प्रष्ट हुन्छ। देश कसरी गरिव भयो ?
रोजगारीबिहिन हूदां यूवाहरु दैनिक २ हजार २५ सयको हाराहारिमा बिदेश पलायन हुदै गरेको भिड अन्तराष्ट्रिय बिमानस्थलमा देखिन्छ। देशको यस्तो दयनिय अबस्था कस्ले गरायो ? गणतन्त्रका असली ठेकेदार, राज्य संन्चालकले की हिजोको राजसंस्थाले या जनताले ? यस्ता तमाम प्रश्नको उत्तर गणतन्त्रका माठाधिसहरुले दिनुपर्ने छ। त्यसैले यो गणतन्त्रको अन्त्य गणतन्त्रबादीहरुबाटै हुन्छ। यसरी पार्टिलहरुले कार्यकर्ता र जनतामाथि गरेको अन्याय, अन्तर्घातलाई पार्टिले नै अन्त्य गर्नुपर्छ। यसको टुगों लगाउनु जरुरी छ। अबिलम्ब पार्टिको ध्यान जाओस यसमा हामी जस्ता कार्यकर्ताहरु पार्टिको ध्यानाकर्षण गर्न चाहन्छौं सबैको जय होस। जय नेपाल।
(लेखिका पूर्वसांसदसमेत हुनुहुन्छ।)