News Portal

  • क्यान्सर रोगका बिरामीलाई अब स्वदेशमै टोमोथेरापी, पहिलोपटक वीर अस्पतालले २ पुसदेखि सेवा प्रवाह गर्दै

    “भारत आठ लाख, अब देशमै डेढ लाखमा सेवा पाउने!”

    पत्रपत्रिका संगालो
    २८७ पटक

    मंसिर २६,मंगलबार/काठमाडौं – विश्वमै महँगो मानिने “टोमोथेरापी सेवा नेपाल” मा पहिलोपटक वीर अस्पतालले २ पुसदेखि शुरु गर्दै छ । गत तीन महिनाअघि वीर अस्पतालले भित्र्याइएको ४० करोड  बराबरको टोमोथेरापी मेसिन वीर अस्पतालले जडान गरेर ‘इन्स्टल’समेत गरिसकेकाले अब सेवा सञ्चालनको तयारी गरेको हो ।

    अस्पतालले सुरुमा ०७५ मा नै टोमोथेरोपी मेसिन ल्याइए पनि जडान गर्ने ठाउँको अभावमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा राख्दा खिया लागेर मेसिन बिग्रिएको थियो । त्यसपछि वीरले अस्पतालले सप्लायर्स कम्पनी लाइफलाइन ट्रेड सप्लायर्ससँग मेसिन अस्वीकार गर्ने निर्णय गरेपछि उसले १८ भदौमा अकुरे कम्पनीको नयाँ मेसिन ल्याएर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले अहिले मेसिन जडान सकेर भारतीय प्राविधिकबाट नेपाली जनशक्तिलाई उपकरण चलाउन सक्ने तालिम पनि दिलाइसकेको जानकारी दिए । ‘अब सबै तयारी पूरा भइसकेको छ।, हामीले यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे आन्तरिक छलफल मात्रै गर्न बाँकी छ।’ उनले भने, ‘मेसिन फिट गरेर सञ्चालनको लागि तयारी पूरा भइसक्यो । सबै काम अब हाम्रो जनशक्तिले सञ्चालन गर्न सक्छ ।’

    क्यनसर रोग बिरामीको शरीरका भित्री कोष तथा नलीहरूमा हुने सूक्ष्म क्यान्सरको समेत उपचारमा यो मेसिन प्रभावकारी मानिन्छ । रेडियो थेरापीभन्दा निकै उच्चस्तरको यो उपकरणबाट निस्किने विकिरण (रेडियसन)ले क्यान्सर लागेको ठाउँका सेलहरू मात्रै मार्छ । यसले कपालको रौँबराबरको कोषलाई पनि छुट्याएर क्यान्सर रोग लागेको र नलागेको वर्गीकरण गर्न सक्छ भने यसको प्रयोग गर्दा क्यान्सरले नछोएका सेलहरू मर्ने सम्भावना नहुने चिकित्सकहरू बताउँछन् ।

    रेडियो थेरापीले भने क्यान्सर लागेको ठाउँमा विकिरण पठाउँदा अन्य ठाउँका सेल पनि मार्ने बढी सम्भावना हुन्छ । रेडियो थेरापीमा कतिपय अवस्थामा क्यान्सर निको भएको ठानिए पनि फेरि ब्युँतिने गर्छ भने टोमोथेरापीले विकिरण दिँदा क्यान्सर पूर्ण निको हुने बताइन्छ ।

    अत्याधुनिक यो सेवा लिन नेपालका कयौँ बिरामी भारत पुग्ने गरेका छन् । भारतका निजी अस्पतालमा टोमोथेरापी सेवा लिन कम्तीमा पाँच लाख भारतीय रुपैयाँ, आठ लाख नेपाली रुपैयाँ खर्चिनु पर्छ। तर, वीर अस्पतालले डेढ लाखमै यो सेवा दिने गरी सञ्चालनको तयारी गरेको न्याम्सका उपकुलपति बस्नेतले बताए । 

    भारत गएर आठ लाख बुझाउन बाध्य बिरामीले अब देशमै डेढ लाखमा सेवा पाउने प्रा.डा.भूपेन्द्रकुमार बस्नेत: अब सबै तयारी पूरा भइसकेको छ, हामीले यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे आन्तरिक छलफल मात्रै गर्न बाँकी छ । मेसिन फिट गरेर सञ्चालनका लागि तयारी पूरा भइसक्यो । सबै काम अब आफ्नै जनशक्तिले सेवा प्रवाह गर्न सक्छ।

    टोमोथेरापी सञ्चालनका लागि नभई नहुने उपकरण हो इमोबिलाइजर: उक्त उपकरण सप्लायर्स कम्पनीले नै दिएपछि छिटो सञ्चालन गर्न सम्भव भएको उपकुलपति बस्नेतले बताए । शुरुमा सप्लायर्स कम्पनीले वीर अस्पतालले नै उक्त उपकरण खरिद गर्नुपर्ने बताउँदै आएको थियो । तर, पछि बुझ्दा सप्लायर्स कम्पनीले नै टोमोथेरापीसँगै इमोबिलाइजर ल्याइदिने सम्झौता भएको पाइएपछि कम्पनीसँग मेसिन माग गरिएको उपकुलपति बस्नेतको बताए। यो समाचर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...