News Portal

१२ सयको साइनबोर्ड सवा लाख खर्चमा मन्त्री केशव स्थापितले गरे कार्यालयको साइनबोर्ड उद्घाटन

५०५ पटक

चरिकोट : सिँचाइ विकास डिभिजन र जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय खारेज भई नयाँ स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटको करिब १२ सय पर्ने साइनबोर्ड उद्घाटन गर्न करिब १ लाख २० हजार खर्च गरिएको रेडियो उपहार एफएमले जनाएको छ।

प्रदेश ३ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले सो कार्यालयको साइनबोर्ड आइतबार उद्घाटन गरेका हुन्। नयाँ उद्घाटित कार्यालयले नै मन्त्री स्थापितको बसोबासका लागि ३२ हजार ६ सय १४ रुपैयाँ खर्च गरेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाको साईनबोर्ड उद्घाटन गर्न मन्त्री स्थापित शनिबार राति आफ्ना छोरा बुहारीसहित जिल्लाकै सबैभन्दा महंगो पानोरमा रिसोर्टमा बास बसेका थिए।

पुनर्संरचित कार्यालय तथा नयाँ कार्यालय प्रमुख प्रकाश अधिकारी हाजिर भएकै कारण निकै तामझामका साथ साइनबोर्ड उद्घाटन गरिएको कार्यक्रमका सहभागीको अनुमान थियो। इन्धन करिब १५ हजार, मञ्च व्यवस्थापन तथा साउण्ड सिस्टम १५ हजार, खाजा ३६ हजार, अन्य ब्यानर चार हजार, चिया एक हजार, खादा तीन हजार, पानी एक हजार गरी कार्यालयको करिब १ लाख २० हजार जति खर्च भएको एक कर्मचारीले बताए।

साइनबोर्ड उद्घाटनका लागि खासै बजेटको व्यवस्था नभए पनि विभिन्न योजनाको ओभरहेड वापतको रकमबाट बिल भुक्तानी गरिने ती कर्मचारीको भनाइ छ। खर्च गराईको अनुपात हेर्दा कार्यालयको निर्माणाधीन दुईवटा भवन उद्घाटन कार्यक्रममा कति खर्च होला भन्ने सहजै अनुमान लगाउन सकिने सहभागीको भनाइ छ। त्यत्रो खर्च गरेर आयोजना गरिएको साइनबोर्ड उद्घाटन कार्यक्रममा मन्त्री स्थापितले आदर्शका कुरा बाहेक आफ्नो विषयवस्तुमा खासै टिप्पणी गरेनन्। मन्त्री स्थापितले मन्तव्य राखिरहेकै बेला एक सहभागीले भने, ‘निकै आदर्शका कुरा गरे मन्त्रीले तर आफु साइनबोर्ड उद्घाटन कार्यक्रममा आएको भुलेछन्।’

तामझामपूर्ण साइनबोर्ड उद्घाटनको विषयमा प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख अधिकारी सम्पर्कमा आउन चाहेनन्। जिल्लामा प्रदेश सरकार अन्तर्गत स्थापना भएका डिभिजन वन, पशु औषधालय, किवीजोन लगायतका कार्यालयले भने स्टेसनरी खर्च कटाएर कार्यालयको साइनबोर्ड स्थापना गरेको पाइएको छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...