News Portal

  • नेपाली जनसम्पर्क समितिको “विश्व संजाल’’ गठन, सदस्यमा कुवेतबाट राजेन्द्र बिरही चयन

    हिमाली संचार संवाददाता
    १६७६ पटक

    विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व संजाल’’ गठन भएको छ । विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारी हरूको जुलाई २७, शुक्रवार साँझ भएको कन्फरेन्स कल बैठकबाट अन्तर्राष्ट्रिय सञ्जाल गठन गरिएको हो ।

    जनसम्पर्क समिति अन्तर्राष्ट्रिय सञ्जालको उपाध्यक्षमा यूएइका चित्र केसी, अस्ट्रेलियाका कञ्चन पोखरेल र दक्षिण कोरियाका नवराज सिवाकोटी चयन भएका छन। त्यस्तै महामन्त्रीमा युरोपका चिन्तामणी सापकोटा, सहमहामन्त्रीमा डेनमार्कका नवीन आचार्य रहेका छन । कोषाध्यक्षमा अमेरिकाका सुभाष घिमिरेलाई चयन गरिएको छ।

    सदस्यहरूमा हंगकंगका कुल बहादुर गुरूङ,भारतका विराट श्रेष, जापनका डी पी कँडेल, राजेन्द्र जमरकट्टेल जापान ,अंबिर जोशी मकाऊ, उत्तम कडेल नेदरल्याड,टिका राम सापकोटा बेलायत, पूर्ण तिमिल्सिना बेल्जियम, दीपक रेग्मी नेदरल्याड, कुश बस्नेत बेलायत, उषा भुसाल सुवेदी इजरायल, हेमराज पाण्डे क्यानडा, बेदनिधि आचार्य ओमान, नवराज लामिछाने साउदी अरब , विष्णु सापकोटा पोर्चुगल, राजेन्द्र विरही कुवेत, भवानी शंकर तिवारी मलेसिया, तारा प्रसाद बंजाड़े चीन, ज्ञानेन्द्र खत्री, युएइलाई चयन गरिएको छ। विश्व सञ्जालको तदर्थ समितिमा सबै देशका जनसम्पर्क समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

    अहिलेको परिवेशनमा थप सङ्गठित भएर नेपाली काँग्रेसलाई सहयोग गर्न आवश्यक भएकाले अन्तर्राष्ट्रिय संजाल गठन गरिएको अध्यक्ष विष्णु सुवेदीले बताए । नेपाली जनसम्पर्क समितिका राष्ट्रिय समितिहरूको समन्वय गर्न र विधानमा एकरुपता ल्याउन सञ्जालले तत्काल काम थाल्ने छ । विभिन्न मुलुकमा रहेका विश्वविद्यालयका प्राध्यापक, विभिन्न अनुसन्धान संस्थाका वैज्ञानिक, विभिन्न क्षेत्रमा विज्ञको रूपमा काम गरिरहेका बौद्धिक व्यक्तिहरूको ज्ञान र सीपलाई मुलुक र पार्टीको बृहत्तर हितमा काम गर्न यसले सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

    प्रतिकृया दिनुहोस्

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal