News Portal

संविधान र सङ्घीयता कार्यान्वयन हुन सकेन : नेता निधि

हिमाली संचार संवाददाता
५५२ पटक

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस २ नं। क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई आज भक्तपुरमा सम्बोधन गर्दै उपसभापति निधिले संविधानका अनुसूचीमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्नुले सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट हुन्छ भने ।

उनले सरकार संविधान, सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा सरकारले दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाए ।

नेपाली काँग्रेसका अर्का नेता रमेश लेखकले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकार जनताको जीउधन र शान्ति सुरक्षा दिन असफल भएको दाबी गरेका छन् ।

क्षेत्रीय सभापति नारायणभक्त खायमालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले एकता, सहमति र सहकार्य लोकतन्त्र सुदृढीकरणको मूलमन्त्र भएको बताए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मध्यपुर र सूर्यविनायक नगरपालिकाका २५० प्रतिनिधि सम्मेलनमा सहभागी छन् । सम्मेलनले सहभागी प्रतिनिधिसँग रचनात्मक सुझाव सङ्कलन गर्नेछ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...