News Portal

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काे चियापान कार्यक्रम भृकूटीमण्डपमा 

हिमाली संचार संवाददाता
५६४ पटक

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी  (नेकपा) को चियापान कार्यक्रम शनिबार भृकूटीमण्डपमा जारी छ ।

चियापान कार्यक्रममा सहभागिहरुका कारण भृटुकीमण्डप क्षेत्र भीडभाड देखिन्छ ।

चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको छ नास्ताको मेन्यूमा केरा, लड्डू, खस्ता कचौरी, चियालगायत रहेको छ ।

यस्तै भीआईपी पाहुनाको लागि भने २ हजार स्वान्डविच तयार गरिएको छ । २ हजार स्यान्डविचमा ३५ किलो चिज र ३५ किलो बटर राखिएको छ ।

नेकपा स्रोतका अनुसार अर्पण ब्याङ्केटलाई चियापानको ठेक्का दिइएको थियो । जसअनुसार ब्याङ्केटले २० हजार जनाको लागि नास्ता तयार पारेको जनाएको छ ।

ब्याङ्केटका एक कर्मचारीका अनुसार चियापान कार्यक्रमकै लागि कात्तिक ३ गतेदेखि निम्की, खस्ता कचौरी, लड्डूलगायत तयार गर्न थालिएको थियो । जसका लागि ३ गतेदेखि नै २० जना कूक खटिएका थिए ।

आजको चियापानका लागि फिल्डमा अर्पण ब्याङ्केटका १५० कर्मचारी खटिएको पनि जनाइएको छ ।

नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रण दिएको बताइएपनि नास्ता भने २० हजार जनाको लागि मात्रै तयार गरिएको हो ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा अायाेजित चियापान कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) काे पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...