News Portal

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काे चियापान कार्यक्रम भृकूटीमण्डपमा 

हिमाली संचार संवाददाता
४९९ पटक

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी  (नेकपा) को चियापान कार्यक्रम शनिबार भृकूटीमण्डपमा जारी छ ।

चियापान कार्यक्रममा सहभागिहरुका कारण भृटुकीमण्डप क्षेत्र भीडभाड देखिन्छ ।

चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको छ नास्ताको मेन्यूमा केरा, लड्डू, खस्ता कचौरी, चियालगायत रहेको छ ।

यस्तै भीआईपी पाहुनाको लागि भने २ हजार स्वान्डविच तयार गरिएको छ । २ हजार स्यान्डविचमा ३५ किलो चिज र ३५ किलो बटर राखिएको छ ।

नेकपा स्रोतका अनुसार अर्पण ब्याङ्केटलाई चियापानको ठेक्का दिइएको थियो । जसअनुसार ब्याङ्केटले २० हजार जनाको लागि नास्ता तयार पारेको जनाएको छ ।

ब्याङ्केटका एक कर्मचारीका अनुसार चियापान कार्यक्रमकै लागि कात्तिक ३ गतेदेखि निम्की, खस्ता कचौरी, लड्डूलगायत तयार गर्न थालिएको थियो । जसका लागि ३ गतेदेखि नै २० जना कूक खटिएका थिए ।

आजको चियापानका लागि फिल्डमा अर्पण ब्याङ्केटका १५० कर्मचारी खटिएको पनि जनाइएको छ ।

नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रण दिएको बताइएपनि नास्ता भने २० हजार जनाको लागि मात्रै तयार गरिएको हो ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा अायाेजित चियापान कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) काे पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।

 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...