News Portal

सुडानमा खटिएका शान्ति सैनिक जाजरकोटका रामबहादुर बाँठाको मृत्यु

हिमालीसंचार संवाददाता
४५८ पटक

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाको साउन ११ गते मृत्यु भएको छ।

भेरी अञ्चलको जाजरकोट जिल्लास्थित खलङ्गा गाउँपालिका वडा नं. ६ निवासी अमल्दार रामबहादुर बाँठा उक्त शान्ति सेना गण तैनाथ दक्षिण सुडानको रुम्बेकस्थित गण रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जंङ्गी अड्‍डाले जनाएको छ।

हाल उनको पार्थिव शरीर पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टम पश्चात स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...