News Portal

धनुषामा एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला

विजयकुमार साह
२८३ पटक

ढल्केबर। धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले प्रदेश–२–०२–००३ प ४०२३ नम्बरका दुई मोटरसाइकल फेला परेको बताउनुभयो। मोटरसाइकलको कलर र कम्पनीसमेत एकै रहेको उहाँले जानकारी दिनुभयो।

उहाँले १६० सीसीको अपाचे मोटरसाइकल प्रयोग गर्ने दुई जनासहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...