News Portal

सत्तारुढ दल नेकपाले पायो वैधानिकता, ऋषि कट्टेलको निवदेन खारेज

हिमाली संचार संवाददाता
५७९ पटक

काठमाडौं–निर्वाचन- आयोगले सत्तारुढ दल  ‘नेपाल कम्युनिष्ट पार्टी’ (ने क पा) लाई आधिकारिक रुपमा वैधानिकता दिएको छ ।  ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो ।

दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर छलफल शुरु गरेको थियो ।  आयोगले यसबारे शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई वैधानिक दिने निर्णय गरेको हो ।

यो विषयमा निर्णय गर्न प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको संलग्नतामा निर्वाचन इजलास गठन भएको थियो  । उक्त इजलासले बहस सुनिसकेपछि ऐन, कानुन हेरेर तथा कानुनी परमर्श गरेर निर्णय गरेको हो ।

बहसमा सत्तारुढ नेकपाका तर्फबाट मुक्ति प्रधान र बाबुराम दाहाल सहभागी थिए भने ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाबाट कट्टेल सहित दण्डपाणि पौडेल र लोकनारायण सुवेदी सहभागी थिए । ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले हालेको निवदेन खारेज भएको छ ।

गएको जेठ ३ गते पूर्व माओवादी र पूर्व एमालेबीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीबीच शुरुदेखि नै नाममा विवाद हुँदै आएको थियो ।

यद्यपि पार्टी एकीकरण भएर बनेको नेकपाले पार्टीको नामपछि कोष्टक चिन्हमा नेकपा राखेको छ ।   आयोगमा हालसम्म दर्ता भएका  ८ कम्युनिष्ट पार्टीहरुले कोष्टकभित्र अर्को नाम राखेका छन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...