News Portal

संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग राजपाको माग

हिमाली संचार संवाददाता
४०८ पटक

बर्दिवास – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् ।

महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनविना मधेश मुद्दाको सम्बोधन पूरा नहुने भएकाले यथाशक्य चाँडै यो विषय टुङ्ग्याउन सरकारसँग माग गरेका हुन् ।

नेता शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजेन्द्र महतो र राजकिशोर यादवसहितका नेताले नेकपाका शीर्ष नेताले संविधान संशोधन गर्ने वचन दिए पनि त्यसको कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गरे ।

नेता महतोले संविधान संशोधन नभएसम्म हँसिलो अनुहारले बोलेर समस्याले निकास नपाउने बताए । ‘प्रधानमन्त्री स्वयं संविधान संशोधनको कुरामा आफू खुला रहेको त बताउनुहुन्छ’, उनले भने, ‘तर संशोधन प्रक्रिया अघि बढाउने जाँगर देखाउनुहुन्न ।’

नेता महेन्द्रप्रसाद यादव र राजकिशोर यादवले संविधान संशोधनमा भएको अस्वभाविक ढिलाइले सरकार र दलबीच विश्वासको सङ्कट बढ्ने र स्थिति असामान्य हुनसक्नेतर्फ सरकारको दृष्टि पुगोस् भने ।

सो अवसरमा राजपा नेपालका शीर्ष नेताले प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका आफ्ना पार्टीका नेतालाई जनपक्षीय काममा लाग्न र मधेश र मधेशीको समृद्धिको कुरालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...