– ऋतु सिंह
सूर्यका किरण बिहानीपख
छिरबिराउन थाल्छन्
वसन्तमा कोइलीको विस्मय र आश्चर्यमय भई
पखेटा खोलेर वसन्तलाई बोलाए झैं
चिर्विराउन थाल्दछन् प्रभाती किरण बनेर
प्रभातका एकै किरणमा
सारा रङ र रूपको ढोका उघ्रन्छ
तब
ठोकिन पुग़्छन नयन स्क्रीनका भित्तामा
अभिव्यक्तिमा सरलता लयको माधुर्य
भावको अविरल प्रवाहमा
मन्त्रमुग्ध ती तिम्रा शव्दवाणीलाई बिसाएर
सम्भावनाका यादगार कसीमा
मुक्ति र समृद्दि जीवनको पखेटा बनाई
खुला आकासमा उड्न पुग्छु म
भावुक प्रीतका भाकामा अभीष्ट बनेर
लाग़्छ
एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ
आर्शिवादका अनन्त फूल फक़्रिन्छन्
सृष्टि सौन्दर्यको विचित्र रङ र आभा बनेर
सिद्धान्तमा लेखिएका सैद्धान्तिक कुरा
र प्रयोग गरेका प्रयोगात्मकताको सम्भावना
कति फरक छन् है ?
माइकल फ़ेराडेले ड़ायनामोको आविष्कार
न्यूटनले पत्ता लगाएको गुरुत्वाकर्षणभन्दा कम छैनन्
सहस्र तिम्रा सुन्दर र सरल अक्षर र शव्दहरूका आकर्षण
यहि नियमानुसार पृथ्वी सूर्यतिर आकर्षित
चन्द्रमा पृथ्वीतिर आकर्षित भई
वरिपरि परिक्रमा गरे झैं
महान् कार्य जीवनमा सङघर्ष गर्न र
रहस्यहरूको नयाॅं नयाॅंखोजी गर्ने प्रेरणा झैं
तिम्रा समस्त सिर्जनाबाट आदर्श
मेरो प्रेरक बनिदेऊ न !
जीवन घामछायाको यात्रा हो
प्रिय प्रीत !
सोचिएका तमाम अपेक्षा
कोरिएका थुप्रै कागजका
अक्षर र शव्दहरुलाई पञ्छाएर
जिन्दगीका सयौं सयौं दिनहरुमा फ़ुलिदिने
एउटै फूल बनी सुगन्ध छरिदेऊ न !