News Portal

कविता: भावुक प्रीतका भाका – ऋतु सिंह

हिमालीसंचार संवाददाता
६१८ पटक

– ऋतु सिंह

सूर्यका किरण बिहानीपख
छिरबिराउन थाल्छन्
वसन्तमा कोइलीको विस्मय र आश्चर्यमय भई
पखेटा खोलेर वसन्तलाई बोलाए झैं
चिर्विराउन थाल्दछन् प्रभाती किरण बनेर

प्रभातका एकै किरणमा
सारा रङ र रूपको ढोका उघ्रन्छ
तब
ठोकिन पुग़्छन नयन स्क्रीनका भित्तामा
अभिव्यक्तिमा सरलता लयको माधुर्य
भावको अविरल प्रवाहमा
मन्त्रमुग्ध ती तिम्रा शव्दवाणीलाई बिसाएर
सम्भावनाका यादगार कसीमा
मुक्ति र समृद्दि जीवनको पखेटा बनाई
खुला आकासमा उड्न पुग्छु म
भावुक प्रीतका भाकामा अभीष्ट बनेर

लाग़्छ
एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ
आर्शिवादका अनन्त फूल फक़्रिन्छन्
सृष्टि सौन्दर्यको विचित्र रङ र आभा बनेर

सिद्धान्तमा लेखिएका सैद्धान्तिक कुरा
र प्रयोग गरेका प्रयोगात्मकताको सम्भावना
कति फरक छन् है ?
माइकल फ़ेराडेले ड़ायनामोको आविष्कार
न्यूटनले पत्ता लगाएको गुरुत्वाकर्षणभन्दा कम छैनन्
सहस्र तिम्रा सुन्दर र सरल अक्षर र शव्दहरूका आकर्षण

यहि नियमानुसार पृथ्वी सूर्यतिर आकर्षित
चन्द्रमा पृथ्वीतिर आकर्षित भई
वरिपरि परिक्रमा गरे झैं
महान् कार्य जीवनमा सङघर्ष गर्न र
रहस्यहरूको नयाॅं नयाॅंखोजी गर्ने प्रेरणा झैं
तिम्रा समस्त सिर्जनाबाट आदर्श
मेरो प्रेरक बनिदेऊ न !

जीवन घामछायाको यात्रा हो

प्रिय प्रीत !
सोचिएका तमाम अपेक्षा
कोरिएका थुप्रै कागजका
अक्षर र शव्दहरुलाई पञ्छाएर
जिन्दगीका सयौं सयौं दिनहरुमा फ़ुलिदिने
एउटै फूल बनी सुगन्ध छरिदेऊ न !

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...