News Portal

मेयर चढेको गाडीमा आक्रमण गर्ने अभियुक्त पक्राउ

हिमाली संचार संवाददाता
५९८ पटक

जनकपुर– सिरहास्थित कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको गाडी फुटाएको आरोपमा प्रहरीले एकजना अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नम्बर ६ बस्ने प्रभात महतो रहेको इलाका प्रहरी कार्यालय मिर्चैया जनाएको छ ।

कर्जन्हा नगरपालिका स्थित बगहा गाउँमा रहेको कार्यालयबाट बाहिरिने क्रममा असोज २३ गते ना १ झ १६३९ नम्बरको स्कारपियोलाई लक्षित गरि आक्रमण भएको थियो ।

सो स्कारपियोमा मेयर पासवानसँगै कर्जन्हा नगरपालिकाको कार्यपालिका सदस्य कुशे साह, गुबधीदेवी पासवान, भुल्लीदेवी सदा, वडा नम्बर ९ का सदस्य रामसती पासवान, वडा नम्बर ११ का सदस्य मुखलाल मुखिया, सिमा साह, कम्प्युटर अपरेटर सरोज कुमार पासमान लगायतकाहरु चढेका थिए ।

स्कारपियोलाई चारैतिरबाट घेरेर आक्रमण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...