News Portal

डिलरदेखि भान्छासम्म ग्यास डेलिभरी गरिदिदा लिने रकम मजदुरले लिने हुन डिलरले पाउने हैन -चन्द्र थापा,ग्यास विक्रेता महासंघ नेपाल(अध्यक्ष)

हिमालीसंचार संवाददाता
९५२ पटक

काठमाडौं – ग्यास विक्रेता महासंघ नेपाल- ग्यासको प्रयोग शहरदेखि गाँउ गाँउ सम्म,घरायसी प्रयोजनदेखि व्यवशायी प्रयोजनसम्म प्रयोग भैरहेको वर्तमान अवस्थामा वुलेटदेखि उधोगसम्म उधोगदेखि डिलर डिस्ट्रिव्युटरसम्म र डिलरदेखि भान्छासम्म ग्यास पुर्याउने काममा संलग्न मजदुरहरुले गरिरहेको हुन्छ।

वास्तवकमा भन्ने हो भने हामी सबै श्रमजिवी वन्नु पर्छ र श्रम जिवी वर्ग प्रति सम्मान हुनु पर्छ।डिलरदेखि भान्छासम्म ग्यास पुर्याउदा निकै मेहनेत गर्नु पर्ने हुन्छ र जोखिम पनि हुन्छ।
यदि उपभोक्ता आफैले डिलरबाट घरसम्म ग्यास लान चाहनु भयो भने कुनै डेलिभरी रकम तिर्नु पर्दैन। लान सक्नु भएन अथवा चाहनु भएन भने मात्र ग्यास डिलरको डेलिभरी गर्ने पात्रले घरसम्म लगिदिनु पर्छ र डेलिभरी गर्ने व्यक्ती र उपभोक्ता को आपसी सम्नवयमा लाग्ने भाडा रकम तय हुन्छ र घर सम्म ग्यास पुग्छ।
डलिभरी गर्ने व्यक्ती ग्यास संबन्धमा जानकार पनि हुन्छ अर्थात हुनु पर्दछ। ढाड दुख्ने,छोप्ने,कामको समयमा धुम्रपान तथा मदिरा पान गर्ने व्यक्तीबाट ग्यास डेलिभरी हुदा समस्या हुन्छ।उक्त विषय डिलरले बुझ्नु पर्छ।

उपभोक्ता भनेको कुनै पनि उधोग-व्यवशायीको लागि भगवान सरह हुने हुन्छ,उहाँहरुले खरिद अनि उपभोग गरिदिनु भए मात्र उधोग व्यवशाय चल्ने हुन्छ।भान्छासम्म डेलिभरी गर्ने पात्रबाट असल व्यवहार देखिनु पर्छ।लागत भन्दावढि भाडा लिनु हुदैन र सदैव उपभोक्तालाई खुशी वनाएर काम गर्नु पर्छ। कुनै डेलिभरी गर्ने पात्रलाई चित्त बुझेन भने उपभोक्ताले संवन्धित डिलरलाई खवर गर्नु पर्छ। उपभोक्ता,डिलर र डेलिभरी गर्ने मजदुर विच जिम्मेवारी अनुरुपको सुमधुर संवन्धवाट मात्रै ग्यासको सहजता हुन्छ। यसैवाट डिलरको व्यापार व्यवशाय पनि फस्टाउछ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...