News Portal

  • ‘छठसम्मपनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

    हिमाली संचार संवाददाता
    ४६७ पटक

    काठमाडौं -राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारेकी छन् ।

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि हामी निर्णय लिन्छौं ।’

    संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने उनको ठोकुवा छ । उनले भनिन्, ‘संविधानमा अहिलेपनि हाम्रो असहमति छ । संविधान संशोधनको लागि मधेशमा विद्रोह भयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ । एउटै देशमा संविधान दिवसको दिनमा कतै दिपावली मनाउने र कतै कालो दिवस मनाईएको छ । यसले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाली भन्ने उद्देश्य पनि पूरा हुँदैन् । मुलुकको विकासको लागि सबैलाई समेट्नुपर्छ ।’

    मधेश आन्दोलनका क्रममा सहिद भएका, घाईते, अपांग भएकाहरुलाई अहिलेसम्मपनि सरकारले केही नगरेको उनले गुनासो पोखिन् । उनले भनिन्, ‘आन्दोलनको क्रममा सयौं हाम्रा नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाईएको छ । अहिलेसम्म खारेजी गरिएको छैन् । सरकारसँग हामीले बारम्बार यही कुरा उठाउँदै आएका छौं । संविधान संशोधन गर्न र झुठा मुद्दा फिर्तालगायत अन्य मागहरु पूरा गराउनको लागि सरकारलाई समर्थन दिएका हौं । र, जुन अहिलेपनि जारी छ ।’

    उनले बहुमत प्राप्त सरकार भएकोले उसले गरेका निर्णयहरु आफूहरुलाई मान्य भएको सुनाईन् । यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हैकमीवादी रुपमा अगाडि बढेको पनि आरोप लगाईन् । उनले भनिन्, ‘विद्येयक ल्याउँदापनि नामको लागि छलफल गरियो, तर बहुमतको दम्भका आधारमा पारित गरियो ।’

    २ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी रहेको सुनाउँदै उनले भनिन्, ‘२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी छ । जनसंख्याको आधारमा बजेटको वर्गीकरण गरियोस भन्यौं तर त्यो पनि भएन । विगतमा जे हुन्थ्यो त्यही भयो ।’

    त्यस्तै उनले मुलुकमा पछिल्लो समय दिनहुँ महिला हिंसा, हत्या र बलात्कारजस्तो सामाजिक अपराधका घट्नाहरु बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले अहिलेसम्म बलात्कारीजस्ता अपराधीहरुलाई पत्ता लगाउन सकेको छैन् । ठूलाबडाको मान्छेहरु बचाउने, संरक्षण गर्ने काम भएकोे अहिलेसम्म हिंसामा संलग्न व्यक्तिहरु सार्वजनिक हुन सकेका छैनन् । यसमा गृह मन्त्रालयको असफलता छ । प्रधानमन्त्रीजस्तो मान्छे संयुक्त राष्ट्रसंघमा गएर बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन १२ वर्षपनि लाग्न सक्छ भन्नुभयो । १२ वर्ष किन लाग्छ  ? हामी १२ दिनमा खोजौं न । यसरी हेर्दा सरकारले यसमा विशेष ध्यान दिएको छैनजस्तो मलाई लागेको छ ।’

    सरकार कुनैपनि हालतमा सफल नभएको उनको दाबी छ । उनले भनिन्, ‘अहिले कुनै चिजको निश्कर्ष सकारात्मक आएको छैन् । सरकार अहिले बहुमतले सफल छ । तर, काम र परिणामको हिसाबले पूर्ण असफल देखिरहेको छ । सरकारको गतिवधि र कामहरु हेर्दा असफलताको दिशातर्फ उन्मुख छ ।’

    देशमा अहिले मधेशको मुद्दामात्रै नभएर आम जनतापनि सुरक्षित नरहेको उनले गुनासो पोखिन् । उनले भनिन्, ‘आम जनतापनि अहिले सुरक्षित छैनन् । सुरक्षा निकाय कमजोर भैरहेको छ। म्हिला तथा युवतीहरु सुरक्षित छैनन् । मुलुकमा रोजगारी छैन । अहिलेसम्म बृद्धबृद्धाहरुलाई केही राहत भएन् । भक्ता पनि बढाईएन् । सहायतापनि दिईएन् । एसिड प्रहार गरेर महिलाहरु मारिएका छन, त्यहाँ क्षतिपूर्ति पुगेको छैन् ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...