News Portal

‘छठसम्मपनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

हिमाली संचार संवाददाता
४९२ पटक

काठमाडौं -राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारेकी छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि हामी निर्णय लिन्छौं ।’

संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने उनको ठोकुवा छ । उनले भनिन्, ‘संविधानमा अहिलेपनि हाम्रो असहमति छ । संविधान संशोधनको लागि मधेशमा विद्रोह भयो । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ । एउटै देशमा संविधान दिवसको दिनमा कतै दिपावली मनाउने र कतै कालो दिवस मनाईएको छ । यसले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाली भन्ने उद्देश्य पनि पूरा हुँदैन् । मुलुकको विकासको लागि सबैलाई समेट्नुपर्छ ।’

मधेश आन्दोलनका क्रममा सहिद भएका, घाईते, अपांग भएकाहरुलाई अहिलेसम्मपनि सरकारले केही नगरेको उनले गुनासो पोखिन् । उनले भनिन्, ‘आन्दोलनको क्रममा सयौं हाम्रा नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाईएको छ । अहिलेसम्म खारेजी गरिएको छैन् । सरकारसँग हामीले बारम्बार यही कुरा उठाउँदै आएका छौं । संविधान संशोधन गर्न र झुठा मुद्दा फिर्तालगायत अन्य मागहरु पूरा गराउनको लागि सरकारलाई समर्थन दिएका हौं । र, जुन अहिलेपनि जारी छ ।’

उनले बहुमत प्राप्त सरकार भएकोले उसले गरेका निर्णयहरु आफूहरुलाई मान्य भएको सुनाईन् । यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हैकमीवादी रुपमा अगाडि बढेको पनि आरोप लगाईन् । उनले भनिन्, ‘विद्येयक ल्याउँदापनि नामको लागि छलफल गरियो, तर बहुमतको दम्भका आधारमा पारित गरियो ।’

२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी रहेको सुनाउँदै उनले भनिन्, ‘२ नम्बर प्रदेश अहिलेपनि गरिबीको रेखामुनी छ । जनसंख्याको आधारमा बजेटको वर्गीकरण गरियोस भन्यौं तर त्यो पनि भएन । विगतमा जे हुन्थ्यो त्यही भयो ।’

त्यस्तै उनले मुलुकमा पछिल्लो समय दिनहुँ महिला हिंसा, हत्या र बलात्कारजस्तो सामाजिक अपराधका घट्नाहरु बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले अहिलेसम्म बलात्कारीजस्ता अपराधीहरुलाई पत्ता लगाउन सकेको छैन् । ठूलाबडाको मान्छेहरु बचाउने, संरक्षण गर्ने काम भएकोे अहिलेसम्म हिंसामा संलग्न व्यक्तिहरु सार्वजनिक हुन सकेका छैनन् । यसमा गृह मन्त्रालयको असफलता छ । प्रधानमन्त्रीजस्तो मान्छे संयुक्त राष्ट्रसंघमा गएर बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन १२ वर्षपनि लाग्न सक्छ भन्नुभयो । १२ वर्ष किन लाग्छ  ? हामी १२ दिनमा खोजौं न । यसरी हेर्दा सरकारले यसमा विशेष ध्यान दिएको छैनजस्तो मलाई लागेको छ ।’

सरकार कुनैपनि हालतमा सफल नभएको उनको दाबी छ । उनले भनिन्, ‘अहिले कुनै चिजको निश्कर्ष सकारात्मक आएको छैन् । सरकार अहिले बहुमतले सफल छ । तर, काम र परिणामको हिसाबले पूर्ण असफल देखिरहेको छ । सरकारको गतिवधि र कामहरु हेर्दा असफलताको दिशातर्फ उन्मुख छ ।’

देशमा अहिले मधेशको मुद्दामात्रै नभएर आम जनतापनि सुरक्षित नरहेको उनले गुनासो पोखिन् । उनले भनिन्, ‘आम जनतापनि अहिले सुरक्षित छैनन् । सुरक्षा निकाय कमजोर भैरहेको छ। म्हिला तथा युवतीहरु सुरक्षित छैनन् । मुलुकमा रोजगारी छैन । अहिलेसम्म बृद्धबृद्धाहरुलाई केही राहत भएन् । भक्ता पनि बढाईएन् । सहायतापनि दिईएन् । एसिड प्रहार गरेर महिलाहरु मारिएका छन, त्यहाँ क्षतिपूर्ति पुगेको छैन् ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...